बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप खुवाइयो
सारांश
- बारा र पर्सामा हैजा विरुद्धको खोप अभियान चलिरहेको छ, जसमा ७१ प्रतिशतले खोप लगाएका छन्।
- पर्सामा खोप अभियानको छैठौं दिनसम्ममा ४ लाख ५६ हजार ७७८ जनाले खोप लगाएका छन् भने बारामा २ लाख ६७ हजार ५८ जनाले खोप लगाएका छन्।
- यो खोप अभियान पर्सा र बाराका विभिन्न स्थानहरूमा सञ्चालन भइरहेको छ, जसमा एक वर्ष माथिका सबैलाई खोप दिइँदैछ।
काठमाडौँ । बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप दिइएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.अभियान गौतमले बारा र पर्सा दुवै जिल्लाको १० लाख १८ हजार ६० लक्षित जनसङ्ख्यामध्ये सात लाख २३ हजार ८३६ ले खोप लिइसकेको जानकारी दिए ।
खोप शाखाले उपलब्ध गराएको विवरणअनुसार हैजा रोगविरुद्धको खोप अभियानको प्रारम्भिक तथ्याङ्कमा पर्सामा अभियान सुरु भएको छैँटाै दिनमा छ लाख ५२ हजार १२९ जनामा हालसम्म चार लाख ५६ हजार ७७८ जनाले खोप लिइसकेका छन् । यसैगरी बारामा तीन लाख ६५ हजार ९३१ मा दुई लाख ६७ हजार ५८ जनाले खोप लिइसकेका छन् ।
पर्सामा फैलिएको हैजा महामारीको प्रतिकार्यस्वरूप जिल्लाका सबै स्थानीय तह र पर्सासँग सिमाना जोडिएका बाराका छ वटा स्थानीय तहहरू, कलैया उप–महानगरपालिका, जितपुर–सिमरा उप–महानगरपालिका, परवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिकामा एक वर्ष उमेर माथिका सबैलाई हैजाविरुद्ध खोप दिइँदैछ ।
असोज २६ देखि पर्सा र २७ देखि बारामा सुरु भएको अभियान हाल सबै स्थानीय तहमा उत्साहका साथ सञ्चालन भइरहेको खोप शाखा प्रमुख डा गौतमले जानकारी गराए । उनले भने, ‘हाललाई भोलिसम्म अभियानलाई निरन्तरता दिन्छौ । कति सकिन्छ त्यसका आधारमा तिहारपछि सञ्चालन गर्ने योजना छ ।’
नेपाल सरकारले पर्सा र बारामा देखिएको हैजा महामारीको उच्च जोखिमलाई ध्यानमा राखी खोप अभियान सञ्चालन गरेको हो । सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाका कार्यालय, नियमित खोप सेवा सञ्चालन गर्ने बाह्य खोप केन्द्र, मन्दिर, मस्जिद, बसपार्क, नेपाल–भारत सिमानाका मुख्य नाका, उद्योग, कारखाना, इँट्टाभट्टा जस्ता स्थानहरूबाट खोप खुवाइँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण