झाँझ खोलामा डुबेर दुई बालकको मृत्यु
शनिबार, ०१ कात्तिक २०८२, १७ : १५
सारांश
- रौतहटको गरुडा नगरपालिकामा खोलामा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भयो।
- मृत्यु हुनेमा सञ्जीव साहका छोरा नीरज र राजकिशोर साहका छोरा अर्जुन रहेका छन्।
- स्थानीयले उद्धार गरी अस्पताल पुर्याए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरे।
रौतहट। रौतहटको गरुडा नगरपालिका–५ शिवनगरस्थित झाँझ खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ।
शनिबार दिउँसो खोलामा नुहाउन गएका देवाही गोनाही नगरपालिका–३ घर भई हाल शिवनगर बस्ने सञ्जीव साहका १० वर्षीय छोरा नीरज साह र सञ्जीवका दाइ राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साहको डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटले बालकहरू नुहाउने क्रममा खोलाको गहिरो भागमा पुगेपछि डुबेको जनाएको छ। स्थानीयवासीले तत्काल उद्धार गरी शिवनगरस्थित सञ्जीवनी अस्पताल पुर्याए पनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार दुवै बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाउने तयारी भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्य घट्यो, एसियाली सेयर बजार स्थिर
-
विश्वकपमा मेस्सी, एम्बाप्पे र हालान्डको जादु, तर रोनाल्डो किन चुके ?
-
विपन्न बस्तीमा सुरक्षित पक्की घर बन्न थाले
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण