मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

एसियाली युथ गेम्सका लागि नेपाली टोलीको बिदाइ

आइतबार, ०२ कात्तिक २०८२, १३ : ५७
आइतबार, ०२ कात्तिक २०८२

सारांश

  • बहराइनमा आयोजना हुने एसियाली युथ गेम्समा नेपालबाट ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
  • प्रतियोगिता कात्तिक ५ देखि १४ गतेसम्म चल्नेछ, जसमा खेलाडी र अफिसियल टोलीलाई बिदाइ गरियो।
  • मुवाँथाई टोली पहिलो टोलीका रूपमा बहराइन प्रस्थान गर्नेछ, र गल्फ खेलाडी रुवेन थापा त्यहाँ पुग्नेछन्।

काठमाडौँ । बहराइनमा हुने तेस्रो एसियाली युथ गेम्समा नेपालबाट ५ खेलमा ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। कात्तिक ५ देखि १४ गतेसम्म चल्ने यस प्रतियोगिताका लागि खेलाडी तथा अफिसियल टोलीलाई बिदाइ गरिएको छ।

ब्याडमिन्टनमा सविना श्रेष्ठ, गल्फमा रुवेन थापा, जुडोमा समिता नेपाली, मुवाँथाईमा पलेस्था कक्षपति र गेन्जी राई तथा पौडीमा अथर्व सिंह र आर्या महर्जनले नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव रामचरित्र मेहता, राखेप कार्यकारी समितिका सदस्य कमलबहादुर भट्टराई, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट लगायतले एक कार्यक्रमबिच बिदाइ गरे। 

मुवाँथाई टोली पहिलो टोलीका रुपमा मंगलबार बहराइन प्रस्थान गर्नेछ। विदेशमा रहेका गल्फ खेलाडी रुवेन थापा भने त्यहीँबाट बहराइन पुग्नेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप