जेनजी प्रदर्शनका सहिद न्यौपानेको स्मृतिमा भलिबल प्रतियोगिता
सारांश
- सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले सहिद योगेन्द्र न्यौपानेको सम्मानमा भलिबल प्रतियोगिता आयोजना गरेको छ।
- प्रतियोगितामा नौ वटा टिमको सहभागिता रहेको छ, जसमा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कार दिइनेछ।
- जेनजी प्रदर्शनका क्रममा निधन भएका रोशन च्याकुटारबेँसीका बासिन्दा थिए, र प्रतियोगिता उनको सम्झनामा गरिएको हो।
काठमाडौँ । सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाले जेनजी प्रदर्शनका क्रममा सहिद भएका योगेन्द्र न्यौपाने (रोशन) को सम्मानमा अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गरेको छ ।
उक्त पालिकाको वडा नं १ च्याकुटारबेँसी खेल मैदानमा आयोजित प्रतियोगिताको पालिका प्रमुख शङ्करराज बराल र ज्वालाप्रसाद न्यौपानेले निर्णायक९रेफ्रि०लाई बल हस्तान्तरण गरी संयुक्त रूपमा उद्घाटन गरे ।
देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध तथा सुशासन प्रवर्द्धनको आवाजका साथ जेनजी प्रदर्शनमा सहभागी भएका रोशनको गत भदौ २३ गते नयाँ बानेश्वरमा गोली लागेर घटनास्थलमै निधन भएको थियो । रोशन च्याकुटारबेँसीका बासिन्दा थिए ।
प्रतियोगितामा कमलामाई र दुधौली नगरपालिका तथा गोलञ्जोर, फिक्कल, तीनपाटन, सुनकोसी, ध्याङलेक, मरिण र हरिहरगढी गाउँपालिकासहित नौ वटा भलिबल टिमको सहभागिता रहेको गोलन्जोरका उपाध्यक्ष न्यौपानेले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः रु ७५ हजार ५० हजार र ३५ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिनेछ ।
‘स्वास्थ्यका लागि खेलकुदः राष्ट्रका लागि खेलकुद’ भन्ने नारा दिइएको उक्त प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता उद्घाटन कार्यक्रममा उनका पिता युवराज न्यौपाने (उमेश) र परिवारका सदस्य उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण