काठमाडौँ । आज देशभर घरआँगनमा कुकुर तिहार मनाइँदैछ, तर के कुकुरप्रतिको यो प्रेम केवल एक दिनका लागि मात्र हो?
_N67J3zUVzZ.jpg)
यही प्रश्नको उत्तर र जनावरको न्यायका लागि २०१४ मा स्नेहा श्रेष्ठले स्नेहा केयरको सुरुवात गरिन्। आफ्नै घरको कुकुरलाई छिमेकीले विष खुवाउँदा प्रहरीले उजुरी दर्ता नगरेपछि उनले जनावरका लागि बोल्ने अठोट गरेकी थिइन्।
_TPRyaQQueu.jpg)
चोभारस्थित स्नेहा केयरले आजसम्म २५,००० भन्दा बढी जनावरको उद्धार र उपचार गरिसकेको छ। अहिले आश्रयमा १८२ कुकुर, ७ भैँसी, १८ गाई-गोरुसहित २०० भन्दा बढी जनावर छन्।
_EOh25POYFU.jpg)
स्नेहा भन्छिन्, ‘पहिले मानिसहरू ढुङ्गा हान्थे, अहिले चेतना बढेको छ, तर न्यायका लागि अझै लड्नुपर्छ।’ कीर्तिपुरमा एक कुकुरको आँखा निकालेको घटनामा उजुरी दिन जाँदा सेल्टर नै बन्द गर्ने धम्की आएको उनले सम्झिइन्।
_M6UkxnbhqF.jpg)
स्नेहा केयर केवल उद्धारमा मात्र सीमित छैन; उनीहरू जनावरको कानुनी अधिकारका लागि वकालत गर्छन् र 'प्लान्ट-बेस्ड' जीवनशैलीको प्रचार गर्छन्। 'हामीले आफ्नो स्वादका लागि जनावर मर्न दिनुहुन्न, दयालु बन्नु पनि सिक्नुपर्छ,' उनको भनाइ छ। उनीहरूले विद्यालयहरूमा कला र कवितामार्फत करुणाको सन्देश फैलाउँदै आएका छन्।
_CFBPdtlUtO.jpg)
स्नेहाका अनुसार कुकुर तिहार विशेष भए पनि यो प्रेम हरेक दिन हुनुपर्छ। चिकित्सक, टेक्निसियनसहित करिब २३ जना स्टाफको टोलीले दैनिक सयौँ जनावरको हेरचाह गर्छ। स्नेहाको चाहना छ, 'हरेक दिन जनावरका लागि बोल्न सके एकदिन यस्तो समाज बन्छ जहाँ कुनै पनि प्राणीले दुःख पाउनुपर्दैन।'
_6rUMpKkCE5.jpg)
_Z3w47lPuDm.jpg)
_i92ZkTVx1R.jpg)
_w7J0ZKD3fD.jpg)
_nr3Pv58u3L.jpg)
_Ap8mvIlEMd.jpg)
_e46Uz6fVor.jpg)
_TLI6cPA5AP.jpg)
_wSZmAnGuYw.jpg)
_9nRjf4DwbE.jpg)
_Hn9vP60mPI.jpg)
_87t5G80C1j.jpg)
_3vXRIYpAAo.jpg)
_mrdFJI0anq.jpg)
शब्द/तस्बिर : ममुन के.सी./ नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया