‘कान्तारा’ ले नेपालमा कमायो १० करोड
सोमबार, ०३ कात्तिक २०८२, १४ : ४२
काठमाडौँ । साउथ अभिनेता ऋषभ शेट्टीको फिल्म ‘कान्तारा : च्याप्टर १’ले नेपाली बक्सअफिसमा १० करोड बढीको व्यापार गर्न सफल भएको छ ।
चलचित्र विकास बोर्डले ३१ असोजसम्मको सार्वजनिक गरेको फिल्मको व्यवसाय रिपोर्टमा ‘कान्तारा : च्याप्टर १’को व्यवसाय १० करोड, ४१ लाख, २९ हजार बढी छ ।
फिल्मको टिकट ३ लाख २५ हजार ९४ वटा बिक्री भएको छ । गत २ अक्टोबर (१६ असोज) मा रिलिज भएको फिल्मले विश्वव्यापी पनि आक्रामक कमाई गरेको छ । फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र बंगाली भाषामा पनि रिलिज भएको हो ।
१४ करोड भारुको लागतमा बनेको ‘कान्तारा’ले भारतीय बक्स अफिसमा ४०० करोडभन्दा बढीको व्यापार गरेको थियो ।फिल्ममा ऋषभ शेट्टी दोहोरो भूमिकामा देखिएका थिए । यस फिल्मबाट ऋषभले सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण