सामुदायिक कुकुरलाई सम्मानसहित खोप
सारांश
- मेचीनगरमा सामुदायिक कुकुरहरूलाई रेबिजविरुद्ध खोप र चम्किलो फित्ता लगाइएको छ।
- रोटरी क्लब अफ मेचीनगरले कुकुर तिहारको अवसरमा कुकुरहरूलाई खाना र खोप दिएर सम्मान गरेको छ।
- यस कार्यक्रमले रेबिजको जोखिम कम गर्नुका साथै सामुदायिक कुकुरको सुरक्षामा पनि ध्यान दिएको छ।
झापा । जोखिम न्यूनीकरणका लागि मेचीनगरका एक सय सामुदायिक कुकुरलाई रेबिजविरुद्ध खोप र घाँटीमा चम्किलो फित्ता (रिफ्ल्याक्टिभ कलर) लगाइएको छ ।
रोटरी क्लब अफ मेचीनगर र रोक्ट्रयाक्ट क्लब अफ मेचीनगरले आज धुलाबारीलगायत बजार क्षेत्रका सामुदायिक कुकुरलाई सम्मान स्वरुप खाना र खोप दिएर चम्किलो फित्ता लगाइएको हो ।
कुकुर तिहारको सन्दर्भ पारेर यहाँ खोप लगाएर खानेकुरा दिएर सम्मानसमेत गरिएको रोटरी क्लब मेचीनगरकी अध्यक्ष शर्मिला पाठकले बताइन् । उनले घरपालुवा कुकुरले पर्याप्त खाना र उपचार पाउने भए पनि सामुदायिक कुकुरप्रति सबैले उपेक्षा गर्दैै आएको अवस्थामा तिहारको अवसरमा सम्मान गर्न कार्यक्रम आयोजना गरिएको बताइन् ।
ती कुकुरहरूलाई रेबिज र छाला रोगविरुद्धको खोप लगाइएको छ । खोपले मानिसमा रेबिज सर्ने जोखिमसमेत न्यूनीकरण हुने पाठकको भनाइ छ । “कुकुर समाउन र खोप लगाउन पशु प्राविधिकसहित टोली परिचालन गरिएको थियो भने रोटरीका कार्यकर्ताहरू स्वयंसेवकको रूपमा खटिएका थिए”, उनले भनिन्, “पछिल्लो समय नगरमा सामुदायिक कुकुरको सङ्ख्या बढोत्तरी भएकाले जोखिम पनि बढेको छ । कुकुरसँग ठोक्किएर सवारीसाधन दुर्घटनासमेत हुने गरेका छन् ।”
मेचीनगर कृषि तथा पशु स्वास्थ्य प्राविधिक सङ्घका अध्यक्ष थिरेन्द्र शिवाकोटीले कुकुरका कारण समुदायमा हुनसक्ने जोखिम हटाउन कार्यक्रम गरिएको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण