पोखरामा प्लाष्टिकका फूलमालाको बिक्री वितरण कम हुँदै
कास्की । पोखरा महानगरपालिकामा प्लाष्टिकका फूल–गुच्छा बिक्री वितरण कम हुँदै गएको छ । महानगरले चार वर्षअघिदेखि प्लाष्टिकका फूल बिक्री वितरणमा रोक लगाएकामा यसको कार्यान्वयन प्रभावकारी देखिएको हो ।
महानगरको उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन समितिले बजारका विभिन्न पसलहरूमा गरेको अनुगमनका क्रममा केही पसलमा थोरै मात्रामा प्लाष्टिकका माला फेला परेपनि अधिकांशमा भेटिएको थिएन ।
महानगरका उपप्रमुख एवं अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा सहरका विभिन्न १० वटा पसलमा अनुगमन गरिएको थियो ।
प्लाष्टिकका माला फेला परेका पसलका व्यवसायीले समेत पुरानो खरिद रहेको र त्यो फूलमाला नबेच्ने भन्दै थन्क्याएका थिए ।
प्लाष्टिकका फूल बिक्री वितरणमा रोक लगाएको महानगरले तिहारलाई लक्षित गर्दै स्थानीय फूलको खरिद–बिक्री व्यवस्थापन स्थानीयस्तरमै मिलाएको छ । महानगरले किसान बजारमार्फत स्थानीय फूल बिक्रीको व्यवस्था गर्दै बिक्रीका लागि २५ ठाउँ तोकेको छ ।
उपप्रमुख गुरुङले प्लाष्टिकका फूल वितरण नगर्ने र स्थानीय फूलको प्रवर्द्धनको निर्णय कार्यान्वयन राम्रो भएको बताए । उनले विगतका वर्षहरूभन्दा यस वर्ष तिहारको समयमा कम प्लाष्टिकका फूलमाला बिक्री नभएको बताए ।
महानगरपालिकाले प्लाष्टिकजन्य फूलमाला बिक्री–वितरण नगर्न, नगराउन र वातावरणमा नकारात्मक असर पार्ने निषेधित प्लाष्टिकजन्य फूलको प्रयोग नगरी स्थानीय फूल प्रयोग गर्न आग्रह गरेको छ ।
महानगरले नगरवासीकै हित, वातावरणीय स्वच्छता र वास्तविक चाडमा विकृति नहोस् भनेर अनुगमनलाई समेत जोड दिएको छ ।
उपप्रमुख गुरुङले भने, “महानगरले प्लाष्टिकका फूल–गुच्छा बिक्री वितरणमा गरेको निर्णय राम्रोसँग लागू भएको छ । महानगरले अनुगमनसमेत प्रभावकारी गरेको छ र अटेर गर्नेलाई कानुनी दायरामा ल्याएको छ । यसबाट पोखरामा स्थानीय फूलको उत्पादन र प्रयोग बढेको छ ।”
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले अनुगमनका क्रममा झण्डै १०० वटा प्लाष्टिकका माला जफत गरिएको जानकारी दिए ।
उनका अनुसार विगतका वर्षहरूमा भन्दा यस वर्ष बजारमा कम मात्रामा प्लाष्टिकका फूल र माला देखिएको र त्यसलाई बिक्री वितरण गर्नमा रोक लगाइएको छ ।
“आयातित फूलको विकल्पमा स्थानीय उत्पादनमा आत्मनिर्भर बन्ने अवस्था आएको छ । स्थानीय फूल उत्पादनका लागि महानगरकाले किसानलाई अनुदान समेत दिने गरेको छ”, कडरियाले भने ।
महानगरले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ अनुसार प्लाष्टिकजन्य फूल–गुच्छाको बिक्री, वितरण वा भण्डारण निषेध गरेको र सोही ऐनको अधिकार प्रयोग गरी यस्ता प्लाष्टिकजन्य फूल–गुच्छाको बिक्री वितरणमा रोक लगाउने भनी नेपाल राजपत्रमा प्रकाशित सूचना जारी गरेको थियो ।
सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय उत्पादन प्रवर्द्धन नीतिअनुसार प्लाष्टिकजन्य फूलमाला बिक्री–वितरणमा रोक लगाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण