विमानस्थलबाट भारतीय नागरिक पक्राउ, यसरी लुकाएर ल्याएका थिए 'सुन'
काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेलो धातुसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
मंगलबार पक्राउ पर्नेमा अन्दाजी ४५ वर्षीय राहदानी नम्बर बि ६६४४९३४ बाहक नर्पतसिंह सोलङ्की रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनले भने, “आज दिउँसो थाइ लायन एयरको उडान नम्बर एसएल–२२० बाट थाइल्याण्डको बैङ्ककबाट आएका सोलङ्की विमानस्थलको अराइभल भन्सार क्षेत्रमा जाँचपछि टनेल गेटबाट बाहिर निस्किने क्रममा ड्युटीमा खटिएको प्रहरीले निजको गतिविधि शङ्कास्पत लागेर नियन्त्रणमा लिएका थिए ।”
निजको केएमसी अस्पतालमा भिडियो एक्सरे गर्दा निजको मलद्वारमा प्लाष्टिको -याप गरी एकवटा डल्ला सुन जस्तो देखिने पहिलो धातु ९० ग्राम फेला पारेको प्रहरीले जनाएको छ ।
उक्त बरामद सामान निकाल्न लगाई बरामद सामान उपत्यका प्रहरी कार्यलयको लेखा शाखामा राखी निजलाई जिल्ला प्रहरी परीसर काठमाडौँ पठाएको र कार्यालय खुले पश्चात त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामङ्गल बुझाइने एआइजी कार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण