राष्ट्र सङ्घसमक्ष मन्त्री सिन्हाको आग्रह : ‘एडीसी स्तरोन्नति समर्थन कार्यक्रम’ स्थापना गरौँ
सारांश
- मन्त्री अनिलकुमार सिन्हा संयुक्त राष्ट्रसङ्घ व्यापार तथा विकास सम्मेलनमा सहभागी भए।
- उनले अल्पविकसित राष्ट्रहरूको समूहको मन्त्रीस्तरीय बैठकको अध्यक्षता गरे, जसमा उनले नेपालको प्राथमिकता प्रस्तुत गरे।
- उनले जेनेभामा भएको सम्मेलनमा सुशासन, भ्रष्टाचार निवारण र निर्वाचनबारे जानकारी दिए।
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा संयुक्त राष्ट्रसङ्घ व्यापार तथा विकास सम्मेलनको १६ औँ सत्रमा सहभागी भएका छन् । उनले सो अवसरमा अल्पविकसित राष्ट्रहरूको समूहको मन्त्रीस्तरीय बैठकको अध्यक्षतासमेत गरे ।
‘भविष्यको आकार दिँदै न्यायोचित, समावेशी तथा दिगो विकासका लागि आर्थिक रूपान्तरणलाई अघि बढाउँदै’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालको आर्थिक तथा राजनीतिक प्राथमिकताहरू प्रस्तुत गरे ।
सम्बोधनका क्रममा मन्त्री सिन्हाले गत सेप्टेम्बरमा नेपालमा भएको ‘जेनजी’ आन्दोलनको स्मरण गर्दै यसलाई युवाहरूमा सुशासन, भ्रष्टाचारविरुद्धको लडाइँ र रोजगारी सिर्जनाको बलियो इच्छाको रूपमा व्याख्या गरे।
जेनेभामा आयोजित सो सभामा उनले अन्तरिम सरकारका प्राथमिकताहरूमाथि प्रकाश पार्दै प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सुशासन कायम गर्ने, भ्रष्टाचार निवारण गर्ने र कानुन तथा व्यवस्था पुनर्स्थापना गर्ने कार्य भइरहेको बताए । साथै, सरकारले फागुन २१ गते ९आगामी मार्च ५ मा० निर्वाचन गराउने लक्ष्य राखेको पनि उल्लेख गरे।
अल्पविकसित राष्ट्रहरूको नेतृत्व
मङ्गलवार मन्त्री सिन्हाले अल्पविकसित राष्ट्रहरूको समूहको मन्त्रीस्तरीय बैठकको अध्यक्षता गरे । बैठकले समूहको सामूहिक प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै दिगो रूपमा स्तरोन्नतिका लागि महत्त्वपूर्ण अल्पविकसित राष्ट्रहरूको समूहको मन्त्रीस्तरीय घोषणापत्रलाई अनुमोदन गर्यो।
मन्त्री सिन्हाले हिजो आयोजित ‘व्यापारको पुनर्कल्पनाः विकासको लागि फराकिलो मार्ग’ विषयक मन्त्रीस्तरीय गोलमेचमा पनि भाग लिएका थिए । सो अवसरमा युवा रोजगारी र दिगो विकासका लागि अन्तर्राष्ट्रिय व्यापारको महत्त्वपूर्ण भूमिका तथा न्यायोचित वृद्धि र साझा समृद्धिका लागि व्यापारको साधनगत भूमिकामा जोड दिए ।
अल्पविकसित राष्ट्रहरूको समूहको तर्फबाट सामान्य बहसमा उनले दिगो विकासका लागि भविष्यमुखी तथा कार्यउन्मुख दृष्टिकोणको आवश्यकता औँल्याए । साथै संयुक्त राष्ट्र सङ्घ व्यापार तथा विकास सम्मेलनमा सम्बोधन गर्दै ‘एडीसी स्तरोन्नति समर्थन कार्यक्रम’ स्थापना गर्न आह्वान गरे । सम्मेलनको उद्घाटन पूर्ण सत्रले नेपाललाई ब्युरोको उपाध्यक्षहरूमध्ये एकको रूपमा चयन गरेको थियो।
मन्त्री सिन्हाले सत्रको साइड लाइनमा विभिन्न उच्चस्तरीय अधिकारीहरूसँग द्विपक्षीय भेटघाट गरे । भुटान अधिराज्यका उद्योग, वाणिज्य तथा रोजगारी मन्त्री नामग्याल दोर्जी, अल्पविकसित राष्ट्रहरूका लागि उपमहासचिव रबाब फातिमा र बङ्गलादेशको वाणिज्य मन्त्रालयका सचिव महबुबुर रहमानसँग मन्त्री सिन्हाले महत्त्वपूर्ण छलफल गरेको त्यहाँस्थित स्थायी नियोगले जनाएको छ।
मन्त्री सिन्हा आइतबार जेनेभा प्रस्थान गरेका थिए । उनी शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण