बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

अमेरिकाको ‘ब्रुकलिन ब्रिज’ मा लगाए कलाकार त्रिपाठी र थापाले भाइटिका

शुक्रबार, ०७ कात्तिक २०८२, १३ : ०८
शुक्रबार, ०७ कात्तिक २०८२

सारांश

  • हास्य कलाकार महादेव त्रिपाठीले न्युयोर्कको ब्रुकलिन ब्रिजमा भाइटिका लगाए ।
  • उनले कलाकार अन्जु थापासँग उक्त पुलमा भाइटिका लगाएका थिए ।
  • नेपाली कल्चरको प्रचारको लागि ब्रिजमा भाइटिका लगाएको त्रिपाठीले बताए ।

काठमाडौँ । चर्चित हास्य कलाकार महादेव त्रिपाठीले अमेरिकाको न्युर्याेकस्थित चर्चित पुल ‘ब्रुकलिन ब्रिज’ मा भाइटिका लगाएका छन् । उनले कलाकार अन्जु थापासँग उक्त पुलमा भाइटिका लगाएका हुन् ।

अन्जु चर्चित हास्य शृङ्खला ‘मेरी बास्सै’ मा राजु माण्डरकी श्रीमतीको रूपमा चर्चित कलाकार हुन । ‘ब्रुकलिन ब्रिज’ विश्वका मानिसहरूको आकर्षणको केन्द्र मानिन्छ ।

dinesh

थुप्रै हलिउड र बलिउड फिल्म उक्त ब्रिजमा छायाङ्कन भएका छन् । ‘अमेरिका पुग्ने नेपालीको समेत सपना रहने गरेको उक्त पुलमा पहिलोपटक नेपाली भाइटिका लगाइएको हो’, कलाकार त्रिपाठीले भने– ‘नेपाली कल्चरको प्रचार पनि होस् भनेर ब्रिजमा भाइटिका लगाइएको हो ।’

यो पुलमा पहिलो पटक नेपाल भाइटिका लगाएको उनको भनाई छ । ब्रिजमा कलाकार त्रिपाठीसँगै २१ पटक गिनिज विश्व रेकर्ड अर्थात् विश्व कीर्तिमान राख्न सफल दिनेश सुनार पार्करले पनि भाइटिका लगाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप