मतदाता नामावली दर्ताका लागि कांग्रेस महामन्त्रीद्वयको परिपत्र
सारांश
- नेपाली कांग्रेसले निर्वाचनलाई लक्षित गरी मतदाता नामावली दर्ता प्रक्रियालाई व्यवस्थित बनाउन परिपत्र जारी गरेको छ।
- पार्टीले कात्तिक ३० गतेभित्र सबै योग्य नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ।
- छठ पर्व लगत्तै प्रदेश कार्यसमितिका पदाधिकारीहरूलाई मतदाता दर्ता अभियानमा खटाउने निर्णय गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरी मतदाता नामवली दर्ता प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउन देशभरका पार्टीका निकायहरूलाई परिपत्र जारी गरेको छ।
पार्टी केन्द्रले जारी गरेको परिपत्रमा कात्तिक ३० गतेभित्र सबै योग्य नेपाली नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता गराउन पहल गर्न आग्रह गरिएको छ ।
पार्टीका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाद्वारा हस्ताक्षरित यस परिपत्रमा पार्टी केन्द्रीय समितिको बैठकले नवीन राजनीतिक सन्दर्भमा उपयुक्त निर्णय गर्ने जनाउँदै, निर्वाचन आयोगले जारी गरेको सूचनालाई मध्यनजर गरेर मतदाता नामावली दर्ता अभियानलाई सक्रियता दिनु आजको आवश्यकता रहेको उल्लेख छ।
परिपत्रमा छठ पर्व लगत्तै प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई विभिन्न जिल्लामा ‘सम्पूर्ण ध्यान, मतदाता दर्ता अभियान’ मा केन्द्रित हुनका लागि प्रतिनिधिका रूपमा जिम्मेवारी तोकिने उल्लेख छ ।
जिल्ला कार्यसमिति र मातहतका सबै तहका समितिहरूलाई तत्कालका लागि अन्य कार्यहरू थाती राखेर ‘मतदाता दर्ता अभियान’ मा लाग्न निर्देशन दिइएको छ।
महामन्त्रीद्वय थापा र शर्माले प्रदेश संसदीय दलमा आबद्ध सबै सदस्यहरूलाई आ–आफ्नो क्षेत्रमा बसेर मतदाता दर्ता अभियानलाई व्यापक बनाउन निर्देशन र परिचालन गरिने परिपत्रमा उल्लेख गरेका छन् ।
नागरिकता नबनाएका युवाहरूले नागरिकता बनाएर सोही दिन मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने व्यवस्थाबारे सबैलाई स्पष्ट रूपमा बुझाउन समितिलाई निर्देशन दिइएको छ।
यो विशेष परिस्थितिमा यो विशेष जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीले सम्पूर्ण सदस्यहरूलाई आह्वान गरेको छ। सोही अवसरमा पार्टीले सफलताको कामना सहित ‘जय नेपाल’ को नारा पनि अघि सारेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण