विश्वकप अघिसम्म भविष्यबारे छलफल गर्दिनँ : ब्रुनो फर्नान्डेस
सारांश
- म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसले विश्वकपपछि मात्र भविष्यबारे छलफल गर्ने बताए।
- फर्नान्डेसले साउदी अरेबिया र अन्य क्लबका प्रस्ताव अस्वीकार गर्दै युनाइटेडमा रहने इच्छा देखाए।
- उनको २०२७ सम्मको सम्झौता छ र उनले क्लबका लागि आफ्नो सपना पूरा गर्न चाहेको बताए।
ओल्ड ट्राफोर्ड । म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेसले अर्को वर्ष हुने विश्वकप सकिएपछि मात्र आफ्नो भविष्यको बारेमा कसैसँग छलफल गर्ने बताएका छन्।
३१ वर्षीय फर्नान्डेसले शनिबार ब्राइटनविरुद्धको खेलमा युनाइटेडका लागि आफ्नो ३००औँ उपस्थिति दर्ता गर्नेछन्। युनाइटेडले यस खेलमार्फत घरेलु मैदानमा लगातार तीन खेलको हारको सिलसिला तोड्ने प्रयास गर्नेछ।
जनवरी २०२० मा स्पोर्टिङ लिस्बनबाट ४७ मिलियन पाउन्डमा युनाइटेड आएदेखि फर्नान्डेसले केवल १७ खेल मात्र गुमाएका छन्, जसमध्ये चोट वा बिरामीले गर्दा छुटेका खेल केवल तीनवटा छन्। यो आँकडाले उनको उपलब्धिलाई अझ उल्लेखनीय बनाएको छ।
पोर्चुगिज स्टारले गत गर्मीमा साउदी अरेबियाको अल-हिलालबाट आएको ठुलो प्रस्ताव अस्वीकार गरेका थिए र पछि साउदी प्रो लिग तथा युरोपका अन्य क्लबको रुचि पनि खारेज गरिदिए।
फर्नान्डेसलाई आफ्नो भविष्यका हल्लाहरू तत्काल नरोकिने कुरा थाहा छ। उनका नजिकका स्रोतहरूले बीबीसी स्पोर्टलाई बताएअनुसार अर्को गर्मीमा साउदी अरेबिया जाने उनको कुनै चाहना छैन, तर प्रिमियर लिग बाहिरका प्रमुख युरोपेली क्लबहरूमा उनको बढी रुचि छ।
फर्नान्डेसको २०२७ मा समाप्त हुने र थप एक वर्षको विकल्प भएको सम्झौतामा एउटा यस्तो दफा समावेश छ, जसले उनलाई ५६.६८ मिलियन पाउन्डमा इङ्ल्यान्ड बाहिरको क्लबमा सामेल हुन दिन्छ।
यद्यपि, फर्नान्डेस भने अहिले यस विषयमा कुरा गर्न इच्छुक छैनन्। उनले भने, ‘मैले सधैँ भन्दै आएको छु, मलाई यहाँ राम्रो महसुस हुन्छ। म अझै पनि आफ्नो सपनाहरू पूरा गर्न चाहन्छु।’
भविष्यको सम्झौताबारे कुरा गर्दै उनले भने, ‘म क्लबको लागि बोल्न सक्दिनँ। मैले धेरै मानिसहरूले अर्को सिजन नै म जाने सम्झौता भइसकेको छ भनेको सुनेको छु। यदि क्लबले त्यो सम्झौता गरेको हो भने, त्यो मसँग गरिएको थिएन। मैले कसैसँग कुरा गरेको छैन।’
उनले थपे, ‘मेरो एजेन्टलाई पनि म कसरी काम गर्छु भन्ने थाहा छ। यदि उनले मसँग कुरा गर्न चाहन्छन् भने, त्यो विश्वकपपछि मात्र हुनेछ। तबसम्म, म कसैसँग कुरा गर्ने छैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेडेसले किन गाभीको घाँटी समातेर लडाइदिए ?
-
एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु
-
झापाको रतुवा खोलामा 'ल्याण्डमार्क ब्रिज' निर्माण तीव्र, ५० प्रतिशत काम सम्पन्न
-
दमकमा खैरो हेरोइनसहित एक जना पक्राउ
-
सूर्यविनायक–धुलिखेल सडक : एकातिर द्रुत गतिमा कालोपत्रे, अर्कातिर हिलो र ढलको सास्ती
-
‘एल मेयो’लाई आजीवन कारावास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण