नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा हुँदै
सारांश
- आईईईई नेपाल सेक्सनले नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा आयोजना गर्ने भएको छ।
- अक्टोबर २५ मा हुने प्रतिस्पर्धामा ७५ भन्दा बढी देशका २० हजारभन्दा बढी विद्यार्थी सहभागी हुनेछन्।
- विद्यार्थीहरूले २४ घण्टासम्म कोडिङ समस्या समाधान गर्नेछन्, जसले सिर्जनशीलता र टिमवर्क बढाउनेछ।
काठमाडौं । विद्युत् तथा इलेक्ट्रोनिक्स इन्जिनियरहरूको प्रतिष्ठित संस्था आईईईई नेपाल सेक्सनले नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा आयोजना गर्ने भएको छ।
आयोजक संस्था आईईईई नेपाल सेक्सनले शनिवार (अक्टोबर २५) मा पत्रकार सम्मेलन गरी कोडिङ प्रतिस्पर्धा 'आईईईई एक्सट्रिम १९.०' को आयोजना गर्न लागेको जानकारी दिएको हो।
आगामी अक्टोबर २५ मा हुने यो प्रतियोगितामा ७५ भन्दा बढी देशका २० हजारभन्दा बढी विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ। आईईईई नेपाल सेक्सनका अध्यक्ष डा. अरुणकुमार तिमल्सिनाका अनुसार २४ घण्टासम्म निरन्तर सञ्चालन हुने यस प्रतियोगितामा विद्यार्थीले जटिल कोडिङ समस्या समाधान गर्नेछन्।
डा. तिमल्सिनाका अनुसार कम्प्युटर इन्जिनियरिङ र कम्प्युटर साइन्स पढ्ने विद्यार्थीहरूले कम्प्युटर प्रोग्राम गरेर सूचना प्रविधि (आईटी) सम्बन्धी समस्या निराकरण गर्नेछन्। यसले विद्यार्थीमा सिर्जनशीलता, समस्या समाधान क्षमता र टिमवर्क कौशल वृद्धि गराउने विश्वास लिइएको छ।
प्रतियोगिता पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्याण्डमा आयोजना हुनेछ, जसले युवा प्रविधि प्रतिभालाई अन्तर्राष्ट्रियस्तरमा आफ्नो सीप प्रदर्शन गर्ने अवसर दिने उद्देश्य राखेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण