लेक लागेर दुई भरियाको मृत्यु
शनिबार, ०८ कात्तिक २०८२, १७ : ५९
सारांश
- मनाङको नार्पाभूमिमा लेक लाग्दा दुई भरियाको मृत्यु भएको छ।
- शनिबार काङ्ला फेदीबाट फर्कने क्रममा लमजुङका डिलबहादुर गुरुङको मृत्यु भयो।
- शुक्रबार याकखर्कमा नुवाकोटका साम्बा घलेको पनि लेक लागेर मृत्यु भएको थियो।
मनाङ । मनाङको नार्पाभूमि गाउँपालिकामा लेक लागेर दुई जना भरियाको मृत्यु भएको छ। दुवै जना पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर बिरामी परेका थिए।
जिल्ला प्रशासन कार्यालयका अनुसार शनिवार नार्पाभूमि गाउँपालिका–४, काङ्ला फेदीबाट फर्कने क्रममा लेक लागेर लमजुङको कोलोसोथर गाउँपालिका–४ का ४८ वर्षीय डिलबहादुर गुरुङको मृत्यु भएको हो।
लेक लागेर बिरामी भएका गुरुङलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल पठाइए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिएका छन्।
यस्तै, नार्पाभूमि–४, याकखर्कमा पर्यटकको भारी बोकी फर्कने क्रममा शुक्रबार नुवाकोट किस्पाङ गाउँपालिका–११ का ४९ वर्षीय साम्बा घलेको पनि लेक लागेर घटनास्थलमै मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण