प्रिमियर लिग
ब्राइटनमाथि म्यानचेस्टर युनाइटेडको ४-२ को जित
आइतबार, ०९ कात्तिक २०८२, ०० : २४
सारांश
- शनिबारको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ४-२ गोलले पराजित गर्यो।
- युनाइटेडले पहिलो हाफमै दुई गोलको अग्रता लिएको थियो र ब्रायन म्बेयुमोले ६१औं मिनेटमा गोल गरे।
- यो जितसँगै म्यानचेस्टर युनाइटेड लिगको शीर्ष चार स्थानमा उक्लिएको छ, जसमा १६ अंक रहेको छ।
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिगमा अन्तर्गत शनिबार सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ४-२ गोलले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा युनाइटेडले पहिलो हाफमै दुई गोलको अग्रता लिएको थियो।
२४ औँ मिनेटमा मथेउस कुन्हाले सुरुआती गोल गर्दै टोलीलाई अग्रता दिलाए भने ३४ औँ मिनेटमा कासेमिरोले दोस्रो गोल थपे। दोस्रो हाफमा ब्रायन म्बेयुमोले ६१औँ र अतिरिक्त समयमा दुई गोल गर्दै जित सुनिश्चित गरे।
ब्राइटनका लागि ड्यानी वेलबेकले ७४ औँ मिनेटमा पहिलो गोल फर्काए भने चरालाम्पोस कोस्टुलासले अतिरिक्त समयमा अर्को गोल गरेका थिए।
यो जितसँगै म्यानचेस्टर युनाइटेडले तीन अङ्क जोड्दै लिगको तालीकाको शीर्ष चार स्थानमा पुगेको छ । ९ खेल खेलेको युनाइटेडले ५ खेलमा जित निकाल्दै १६ अङ्क प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेरेडेसले किन गाभीको घाँटी समातेर लडाइदिए ?
-
एक वर्षमा जङ्गली जनावरको आक्रमणबाट पाँच जनाको मृत्यु
-
झापाको रतुवा खोलामा 'ल्याण्डमार्क ब्रिज' निर्माण तीव्र, ५० प्रतिशत काम सम्पन्न
-
दमकमा खैरो हेरोइनसहित एक जना पक्राउ
-
सूर्यविनायक–धुलिखेल सडक : एकातिर द्रुत गतिमा कालोपत्रे, अर्कातिर हिलो र ढलको सास्ती
-
‘एल मेयो’लाई आजीवन कारावास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण