अन्तर्राष्ट्रिय सैनिक अभ्यासमा स्वर्ण पदक विजेता नेपाली सैनिक टोली सम्मानित
सारांश
- बेलायतमा भएको क्याम्ब्रियन प्यारोल अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक जित्यो।
- प्रधानसेनापति अशोक राज सिग्देलले विजेता टोलीलाई प्रशंसा निशान प्रदान गरे।
- ३३ राष्ट्रका ११७ टोलीलाई पछि पार्दै नेपाली सेनाले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट नतिजा ल्यायो।
काठमाडौँ । संयुक्त अधिराज्य बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘क्याम्ब्रियन प्यारोल अभ्यास–२०२५' मा सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक जित्ने नेपाली सेनाको टोलीलाई सम्मान गरिएको छ।
प्रधानसेनापति अशोक राज सिग्देलले आइतबार जङ्गी अड्डामा आयोजित विशेष समारोहबीच विजेता टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गरेका हुन् ।
अन्तर्राष्ट्रिय स्तरको सैनिक प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल र नेपाली सेनाको गौरव उच्च बनाएको योगदानको कदरस्वरूप नौ जना प्रतियोगी र एक जना व्यवस्थापक सहित दश जना सकलदर्जालाई सम्मान गरिएको नेपाली सेनाले जनाएको छ।
कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाका अधिकारीहरूको उपस्थिति थियो।
गत असोज १७ देखि २६ गतेसम्म बेलायतको वेल्सस्थित ब्रेकन क्षेत्रमा आयोजित सो अभ्यासमा ३३ राष्ट्रका ११७ टोली सहभागी भएका थिए। नेपाली सेनाको टोलीले चुनौतीपूर्ण सैन्य अभ्यासका सबै विधामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हासिल गरेको थियो।
नेपाली सेनाका अनुसार, यो उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा नेपाली सेनाको पेशागत दक्षता, अनुशासन र साहसिक क्षमताको उच्च प्रदर्शन गरेको प्रमाणित गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण