लिंकन विश्वविद्यालयमा गोलाबारी हुँदा एक जनाको मृत्यु, ६ घाइते
आइतबार, ०९ कात्तिक २०८२, १५ : २२
काठमाडौँ । अमेरिकाको पेन्सिलभेनियामा अक्सफोर्ड नजिकै रहेको लिंकन विश्वविद्यालयमा शनिबार साँझ गोलाबारी भएको छ ।
विश्वविद्यालयको होमकमिङ सप्ताहन्तको साँझमा मानिसहरू घर फर्किरहेको बेला गोलाबारी भएको थियो । यस घटनामा १ जनाको मृत्यु भएको छ भने कम्तीमा ६ जना घाइते भएका छन् । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
प्रहरीले यस घटनाबारे मुद्दा दर्ता गरेर छानबिन सुरु गरेको छ । लिंकन विश्वविद्यालयमा शनिबार साँझ करिब ९ बजे गोलाबारी भएको थियो ।
प्रहरीले बन्दुक बोकेको एक जनालाई पक्राउ गरेको जिल्लाका अभियोजनकर्ताले बताएको भन्दै सीएनएनले समाचार छापेको छ ।
अरू पनि आक्रमणकारी हुन सक्ने बताइएको छ । गोलाबारी भएको खबरपछि मानिसहरूले सामाजिक सञ्जालमा चिन्ता व्यक्त गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण