तीन महिनामा ११ अर्ब बराबरको सुन आयात
सारांश
- चालु आर्थिक वर्षको तीन महिनामा ११ अर्ब बराबरको सुन आयात भएको छ।
- भन्सार विभागका अनुसार, १० अर्ब २५ करोडको ६०१ किलो काँचो सुन आयात भएको छ।
- गत वर्षको सोही अवधिमा सुनको आयात कम थियो, तर यस वर्ष बढेको छ।
काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा ११ अर्ब बराबरको सुन आयात भएको छ । २०८२ साउनदेखि असोज मसान्तसम्ममा ११ अर्ब बराबरको १०५ किलो सुन आयात भएको भन्सार विभागले जनाएको छ ।
यसमध्ये १० अर्ब २५ करोड ३२ लाख ८५ हजार रुपैयाँको ६०१ किलो काँचो सुन आयात भएको भन्सार विभागले जनाएको छ । यस्तै ४७ करोड ७४ लाख ६० हजार रुपैयाँको सुनका गरगहना आयात भएको उल्लेख छ ।
अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब ४ करोड ३२ लाख ८९ हजार रुपैयाँको १०० किलो काँचो सुन र ९४ करोड ६८ लाख १२ हजार रुपैयाँ बराबरको करिब ४ किलो गरगहना आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
२०८२ असोज मसान्तसम्ममा २० करोड १३४ लाख रुपैयाँ बरबरको १९०७१ किलो काँचो चाँदी आयात भएको छ ।
यस्तै १६ अर्ब ६१ करोड ३४ लाख रुपैयाँको ८१३० किलो चाँदीको धुलो र १ अर्ब ९७ करोड ३६ लाख रुपैयाँको ९९४४० किलो चाँदीका भाँडाकुँडा तथा गरगहना आयात भएको छ ।
अघिल्लो वर्ष यसै अवधिमा १० हजार रुपैयाँको ३० ग्राम काँचो चाँदी आयात भएको थियो । यस्तै ७३ करोड १६ लाख २३ हजार रुपैयाँको ५४६५ किलो चाँदीको धुलो आयात भएको थियो ।
यस्तै ५ करोड २८ लाख रुपैयाँ बराबरको ४०० किलो चाँदीका भाँडाकुँडा तथा गरगहना आयात भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण