क्यारिबियन क्षेत्रमा अमेरिका र भेनेजुएलाबिच फेरि बढ्याे तनाव
सारांश
- अमेरिका र भेनेजुएलाबीचको तनाव क्यारिबियन क्षेत्रमा बढेको छ, अमेरिकाले सैन्य गतिविधि बढाएको छ।
- अमेरिकी राष्ट्रपति ट्रम्पले सीआईएलाई भेनेजुएलामा गोप्य अपरेसनको अधिकार दिएपछि यो कदम चालिएको हो।
- भेनेजुएलाले अमेरिका र त्रिनिदाद दुवैलाई सैन्य उत्तेजना फैलाएको आरोप लगाएको छ, फल्स फ्ल्याग अट्याकको षड्यन्त्र भएको दाबी छ।
कारकास । क्यारिबियन क्षेत्रमा अमेरिका र भेनेजुएलाबिच फेरि तनाव बढेको छ । अमेरिकाले त्रिनिदाद एन्ड टोबागोमा मिसाइल ध्वस्त पार्ने युएसएस ग्रेभली तैनाथ गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भेनेजुएलामा गोप्य अपरेसनहरू सञ्चालन गर्न सीआईएलाई अधिकार दिएपछि यो कदम चालिएको हो । अमेरिकाले यसअघि नै विमान वाहक युएसएस जेराल्ड आर.फोर्डलाई क्यारिबियनमा तैनाथ गरिसकेको छ, जुन अहिले भेनेजुएलातर्फ बढिरहेको छ ।
यो तैनाथी त्रिनिदाद एन्ड टोबागोसँगको संयुक्त सैन्य अभ्यासको एक हिस्सा भएको दाबी अमेरिकी अधिकारीहरूले गरिरहेका छन् । यो अभ्यास बिहीबारसम्म जारी रहने र लागूऔषध तस्करी गर्ने जहाजहरूलाई लक्षित गर्ने उद्देश्यले गरिएको स्थानीय सरकारले बताएको छ ।
त्रिनिदादका प्रधानमन्त्री कमला परसाद–बिसेसरलाई अमेरिकी नीतिको समर्थक मानिन्छ । यो कदम क्षेत्रीय सुरक्षालाई बलियो बनाउनको लागि भएको उनको भनाइ छ । अर्काेतर्फ भेनेजुएला सरकारले अमेरिका र त्रिनिदाद दुवैलाई सैन्य उत्तेजना फैलाएको आरोप लगाएको छ ।
‘हाम्रो देशविरुद्ध फल्स फ्ल्याग अट्याकको षड्यन्त्र भइरहेको छ । यसको उद्देश्य क्षेत्रमा सैन्य द्वन्द्व उक्साउनु हो’ भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले एक विज्ञप्ति जारी गर्दै भनेका छन् । वास्तविक अपराधीहरू कोही भए पनि दोष तेस्रो पक्षलाई लगाएर गरिने आक्रमणलाई फल्स फ्ल्याग अट्याक भनिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै प्रमाण प्रस्तुत नगरी मादुरोलाई अन्तर्राष्ट्रिय अपराध सिन्डिकेट त्रेन दे अरागुआको नेतृत्व गरेको आरोप लगाएका छन् । ट्रम्प प्रशासनले हालैका महिनाहरूमा क्यारिबियन र प्रशान्त क्षेत्रमा धेरै जहाजमाथि लागुऔषध बोकेको भन्दै आक्रमण गरेको छ ।
यसअघि मादुरोले अमेरिकालाई काराकासस्थित अमेरिकी दूतावासमा बम विस्फोट गर्ने षड्यन्त्र गरेको आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण