बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

वन पैदावर बिक्री गरेर रु आठ करोड आम्दानी

सोमबार, १० कात्तिक २०८२, २३ : ३४
सोमबार, १० कात्तिक २०८२

सारांश

  • तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरी रु आठ करोडभन्दा बढी आम्दानी गरेका छन्।
  • आर्थिक वर्ष २०८१/८२ मा सामुदायिक वनहरूले ८३ हजारभन्दा बढी क्युफिट वन पैदावर बिक्री गरे।
  • जिल्लामा ६१६ सामुदायिक वन र ४,४८५ कबुलियती वन रहेको छ, जसले वन पैदावर बिक्रीबाट राजस्व सङ्कलन गरेका छन्।

तनहुँ । तनहुँका सामुदायिक वन समूहले वन पैदावर बिक्री गरी रु आठ करोड ४३ लाख चार हजार पाँच सय तीन आम्दानी गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा वन पैदावर बिक्री गरी जिल्लास्थित सामुदायिक वनले उक्त रकम आम्दानी गर्न सफल भएका हुन् । 

सामुदायिक वनले ८३ हजार पाँच सय १३ दशमलव ४५ क्युफिट वन पैदावर बिक्री गरेको डिभिजन वन कार्यालय तनहुँका सूचना अधिकारी एवं वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार त्यस अवधिमा ४० हजार तीन सय ३१ दशमलव ९५ क्युफिट साल, ४१ हजार एक सय तीन दशमलव ८० क्युफिट खयर र दुई हजार नौ सय ११ दशमलव ८६ अन्य वन पैदावर बिक्री भएको छ । त्यस्तै सोही अवधिमा ५० दशमलव १५ चट्टा दाउरा बिक्री भएको छ । 

जिल्लाका कूल क्षेत्रफलमध्ये करिब ७२ हजार ८० हेक्टर वनले ओगेटेको छ । जिल्लाभर ६ सय १६ वटा सामुदायिक वन र चार सय ४८५ वटा कबुलियती वन रहेको छ ।

वन पैदावर बिक्रीमार्फत् रु एक करोड २० लाख चार हजार नौ सय ८६ राजस्व सङ्कलन भएको छ । निजी आवादीतर्फ ५१ हजार चार सय ५४ दशमलव ७५ क्युफिट वन पैदावर बिक्री भएको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार ४३ हजार तीन सय २४ दशमलव ८ क्युफिट खयर, नौ हजार एक सय ३० दशमलव ६७ क्युफिट अन्य, ८६ दशमलव १५ चट्टा दाउरा बिक्री भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप