अभियुक्तले स्वीकारे जापानका पूर्वप्रधानमन्त्रीको हत्या आरोप
काठमाडौँ । जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको हत्या आरोपमा पक्राउ परेका अभियुक्तले आरोप स्वीकार गरेका छन् ।
आबेको हत्यासम्बन्धी मुद्दा सुरु भएको पहिलो दिन सोमबार अभियुक्त तात्सुया यामागामीले अदालतसामु आफैंले आबेको हत्या गरेको बताएका छन् ।
स्थानीय मिडियाले समाचार छापे अनुसार सबै कुरा सत्य भएको ४५ वर्षका यामागामीले टोकियोको एक अदालतमा बताएका थिए ।
२०२२ को जुलाई ८ मा जापानको नारा शहरमा सत्तारुढ दलको चुनावी अभियान कार्यक्रमलाई सम्बोधन गरिरहेको समयमा उनले आबेमाथि बन्दुक चलाएका थिए । यसका लागि उनले घरमै बनाएको बन्दुक प्रयोग गरेका थिए । आबेमाथि कयौं पटक गोली प्रहार भएको थियो ।
घटनालगत्तै आबेलाई अस्पताल लगिएको थियो । तर सोही दिन अस्पतालमा उनको मृत्यु भयो । आबे आक्रामक विदेश नीतिका लागि चर्चित थिए । अफस्फीतिको चक्रबाट जापानी अर्थतन्त्रलाई उकास्न उनले ल्याएको नीति ‘आबेनेमिक्स’ निकै चर्चित बनेको थियो ।
सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र युनिफिकेशन चर्चबीचको साठगाँठबाट असन्तुष्ट रहेका यामागामीले चर्चसँग आबेको निकटताका कारण उनीमाथि गोली प्रहार गरेको बुझिएको थियो ।
कुनै समयमा आफ्नी आमाले चर्चलाई १० करोड येन दान दिएकै कारण आफ्नो बिल्लीबाठ भएको यामागामीले बताएका थिए ।
यो घटनापछि चर्चमाथि जापानमा छानबिन भएको थियो । पछि टोकियोको एक अदालतले युनिफिकेशन चर्चलाई भङ्ग गर्न आदेश दिएको थियो ।
यामागामीको मुद्दामा जनवरीसम्म फैसला नआउने अनुमान गरिएको छ । आबेको हत्याबाहेक पनि यामागामीमाथि हत्या र बन्दुक नियन्त्रण कानुन उल्लङ्घनको आरोप पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण