महिलामाथि हुने हिंसा र हत्याका घटना बढ्दो, तीन महिनामा २१ महिलाको ज्यान गयाे
सारांश
- ओरेकको प्रतिवेदन अनुसार अप्रिलदेखि जुन २०२५ सम्म ३०८ वटा लैङ्गिक हिंसाका घटना दर्ता भए, जसमा २१ हत्या र ३ हत्या प्रयासका घटना थिए।
- घरेलु विवादका कारण महिलाको हत्याका घटना बढेको छ, जसमा कैलाली, उदयपुर लगायतका घटनाहरू समावेश छन्।
- ओरेकले पितृसत्तात्मक सोच र असमान शक्ति सम्बन्धलाई महिला हिंसाको मूल कारण मानेको छ, साथै मेलमिलाप गर्ने प्रवृत्तिले पीडकलाई जोगाउने टिप्पणी गरेको छ।
काठमाडौं । महिलामाथि हुने हिंसा र हत्याका घटनामा निरन्तर वृद्धि भएको एक प्रतिवेदनले देखाएको छ। ओरेक (ओपन इन्स्टिच्युट फर राइट्स, इक्विटी एण्ड जस्टिस) ले अप्रिलदेखि जुन २०२५ सम्मको तथ्याङ्क सार्वजनिक गर्दै तीन महिनामा ३०८ वटा लैङ्गिक हिंसाका घटना दर्ता भएको जनाएको हो। तीमध्ये २१ वटा हत्या र ३ वटा हत्या प्रयासका घटना रहेका छन्।
प्रतिवेदनअनुसार संकलित घटनामध्ये ४१ वटा पत्रपत्रिकाबाट र २६७ वटा ओरेकको कार्यक्षेत्रका प्राथमिक स्रोतबाट संकलन गरिएका हुन्। यी तथ्याङ्कले महिलामाथि हुने हिंसाको स्वरूप अझ गहिरिँदो र ज्यानै लिने स्तरसम्म पुगेको देखाउँछ।
उक्त अवधिमा भएको केही घटनामा घरायसी विवादकै कारण महिलाले ज्यान गुमाएका छन्। कैलालीकी १६ वर्षीया रिता (परिवर्तित नाम) लाई आफ्नै देवरले घाँटी थिची हत्या गरेको घटना, उदयपुरकी सुप्रिया (परिवर्तित नाम) माथि श्रीमान्ले सार्वजनिक स्थलमै छुरा प्रहार गरी हत्या प्रयास गरेको घटना र सोही जिल्लाकी मञ्जु (परिवर्तित नाम) लाई श्रीमान्ले पेट्रोल छर्की आगो लगाएर मार्ने जस्ता घटना घरेलु हिंसाका भयावह रूप भएको ओरेकको भनाइ छ ।
ओरेकका अनुसार यी घटना कुनै आकस्मिक वा व्यक्तिगत विवादका परिणाम होइनन्, बरु पितृसत्तात्मक सोच र महिलामाथि रहेको असमान शक्ति सम्बन्धका गहिरा सामाजिक जरा हुन्। संस्थाले घरेलु हिंसालाई घरभित्रको कुरा भनेर लुकाउने र मेलमिलाप गर्ने प्रवृत्तिले पीडकलाई जोगाउने र अपराधलाई वैधता दिने गरेको टिप्पणी गरेको छ।
नेपाल प्रहरीका पछिल्ला तथ्याङ्कले पनि यस्तै अवस्थालाई देखाएको छ । प्रहरीका अनुसार सन् २०८१/८२ मा मात्रै बलात्कारपछि ४, दाइजोका कारण २ र घरेलु हिंसाका कारण ३८ महिलाको हत्या भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण