बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

‘होस्टेल ३’ले दार्जिलिङमा मनायो ५१ औँ दिन

बुधबार, १२ कात्तिक २०८२, १४ : ४५
बुधबार, १२ कात्तिक २०८२

काठमाडौँ । चलचित्र ‘होस्टेल ३’ले भारतीय नेपाली समुदायमाझ पनि लोकप्रियता हासिल गरेको छ । नेपालका साथै चलचित्रले भारतको दार्जिलिङमा पनि राम्रो दर्शकको साथ पाएको छ । 

सेप्टेम्बर ५ देखि भारतको दार्जिलिङस्थित एसभिएफ सिनेमा, रिंक मलमा निरन्तर प्रदर्शन भइरहेको ‘होस्टेल ३’ले त्यहाँ पनि प्रदर्शनको ५१ औँ दिन पूरा गर्न सफल भएको वितरक सुरज खड्काले जानकारी दिए । 

गोर्खा फिल्म प्रोडक्सन र सुपर सिनेमाले वितरण रहेको फिल्म सिक्किम, दार्जिलिङ, सिलगुडी, सिन्ताम, गुवाहाटी, आसाम र मणिपुर लगायत ५० भन्दा बढी हलमा एकैसाथ प्रदर्शनमा आएको थियो ।

चलचित्र सशान कँडेलले निर्देशन गरेका हुन् । चलचित्र क्याम्पस जीवनका उतारचढाव, प्रेम, मित्रता र सङ्घर्षको कथामा निर्माण भएको हो । 

चलचित्रमा पारस बम ठकुरी (कुलब्वाय), रिहान गिरी, पदम तामाङ, आशिष घिमिरे, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, उमर खान, सन्तोष बानियाँ र आशिष पुरुष लगायतका कलाकारहरूको अभिनय छ ।

माधव शर्माको लेखन तथा एसोसियट निर्देशन रहेको चलचित्र शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ताले मिलेर बनाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप