त्रिपक्षीय बैठकमा मिराजका सर्त–जिल्ला समन्वय समिति खारेजदेखि जेनजी आन्दोलनलाई जनआन्दोलन घोषणासम्म
सारांश
- बालुवाटारमा भएको छलफलमा जेनजीका अध्यक्षले जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने बताए।
- उनले नागरिक स्तरको भ्रष्टाचार अनुसन्धान निकाय गठन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग गरे।
- उनले संघीय संरचनामा प्रदेश सभा र सरकार बोझिलो भएको भन्दै प्रदेश सभालाई रूपान्तरण गर्नुपर्ने बताए।
काठमाडौँ । बुधबार साँझ बालुवाटारमा भएको त्रिपक्षीय छलफलमा जेनजी प्रतिनिधि तथा गरी खान देऊ अभियानका अध्यक्ष मिराज ढुंगानाले जिल्ला समन्वय समिति तत्काल खारेज गर्नुपर्ने बताएका छन् ।
नागरिक स्तरको भ्रष्टाचार अनुसन्धान निकाय गठन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, विदेशस्थित नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने व्यवस्थालाई आफ्नो सर्तको रुपमा अघि सारेको उनले बताए ।
उनले थप भनेका छन्– 'हालको संघीय संरचनामा प्रदेश सभा र प्रदेश सरकार बोझिलो र खर्चिलो भएको छ । स्थानीय तहहरूमा सन्तुलन र नियन्त्रण छैन। त्यसैले प्रत्येक प्रदेश अर्न्तगतका स्थानीय तहका तोकिएको प्रक्रियाबाट छानिएका प्रतिनिधिहरूको सभालाई प्रदेश सभाको रुपमा रूपान्तरण गर्ने । प्रदेशको मुख्यमन्त्री पनि प्रत्यक्ष निर्वाचित कार्यकारी मुख्यमन्त्री रहने र गैर राजनीतिक बिज्ञसमूहबाट प्रदेशको मन्त्रीहरू नियुक्ति गर्ने व्यवस्था गर्ने । यसो गर्दा प्रदेश सरकार र स्थानीय तहको व्यवस्थापिकाको काम प्रदेश सभाले गर्नेछ। '
जेनजी आन्दोलनलाई तत्कालै राजनीतिक जनआन्दोलन घोषणा गर्नु पर्ने, सहिद परिवार र घाइतेहरूलाई उचित व्यवस्थापनका लागि तुरुन्तै आयोग गठन गर्नु पर्ने, २३ गतेको शान्तिपूर्ण आन्दोलनमा भएको दमनको निष्पक्ष छानबिन गरी तत्कालीन जिम्मेवार सम्पूर्ण दोषीलाई हदै सम्मको कारबाही, साथै २४ गतेको घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने माग आफूले उठाएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव बैठकका २२ निर्णय, सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउनेदेखि नयाँ दरबन्दीमा कडाइसम्म
-
सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने
-
खेतमा काम गर्दा आँखा जोगाउन चिकित्सकको सुझाव
-
सुर्खेतमा ट्राफिक कारबाहीबाट १ करोड ३२ लाख भन्दा बढी राजस्व सङ्कलन
-
गाडी चालक रामबहादुरको शव कर्णाली नदी टापुमा भेटियो
-
बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण