सात खेलमा छैटौँ हार, काराबाओ कपबाट बाहिरियो लिभरपुल
सारांश
- प्रशिक्षकको परिवर्तन असफल हुँदा लिभरपुल काराबाओ कपको अन्तिम १६ मा क्रिस्टल प्यालेससँग पराजित भयो।
- खेलमा प्यालेसका इस्माइला सारले दुई गोल गरेपछि लिभरपुल घरेलु मैदानमै पराजित भयो।
- लिभरपुलले काराबाओ कपमा खराब प्रदर्शन गर्यो र अब क्वार्टरफाइनलमा आर्सनलसँग प्यालेसले खेल्नेछ।
एनफिल्ड । प्रशिक्षक आर्ने स्लटले टोलीमा गरेको धेरै परिवर्तन असफल हुँदा लिभरपुल काराबाओ कपको अन्तिम १६ मा घरेलु मैदानमै क्रिस्टल प्यालेससँग पराजित भएको छ। प्रिमियर लिग च्याम्पियन लिभरपुलको यो पछिल्लो सात खेलमा छैटौँ हार हो।
स्लटले शनिबार ब्रेन्टफोर्डसँग ३-२ ले पराजित टोलीमा १० परिवर्तन गर्दै सुरुवाती लाइनअपमा तीन किशोर खेलाडी राखेका थिए भने सब्सटिच्युट मा पनि थप पाँच किशोर खेलाडी समावेश गरेका थिए।
तर, कमजोर डिफेन्सको फाइदा उठाउँदै प्यालेसका इस्माइला सारले पहिलो हाफको अन्त्यतिर चार मिनेटको अन्तरालमा दुई गोल गरेपछि खेल घरेलु टोलीको हातबाट फुस्कियो। त्यसपछि येरेमी पिनोले अन्त्यमा तेस्रो गोल थपे। अब प्यालेसले क्वार्टरफाइनलमा आर्सनलसँग खेल्नेछ ।
बेन्चमा २१ वर्षभन्दा माथिका कोही पनि खेलाडी नहुनु र भर्जिल भान डाइक, इब्राहिमा कोनाटे, डोमिनिक सोबोस्लाई, कोडी गाक्पो, फ्लोरियन विर्ट्ज, मोहम्मद सालाह र ह्युगो एकिटिके जस्ता पहिलो टोलीका मुख्य खेलाडीहरू अनुपस्थित रहँदा, लिभरपुलले विगत चार सिजनमा दुई पटक जितेको प्रतियोगिताबाट कमजोर प्रदर्शनसहित बाहिरिनुपर्यो।
गएको मार्चमा न्युक्यासलसँगको फाइनलमा गोल गरेका फेडेरिको चिएसाले दुई राम्रा अवसर पाए पनि एउटा प्रहार पोस्टभन्दा माथि र अर्को वाल्टर बेनिटेजले बचाएका थिए।
बुधबारको यो हारले प्रिमियर लिग च्याम्पियनको खराब प्रदर्शनको सिलसिलालाई निरन्तरता दिएको छ । अब टोलीले शनिबार लिगमा एस्टन भिल्लालाई आतिथ्य गर्नेछन्। त्यसपछि मंगलबार च्याम्पियन्स लिगमा रियल म्याड्रिडको सामना गर्नेछन्। र, नोभेम्बर ९ मा म्यानचेस्टर सिटीको मैदानमा यात्रा गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण