स्मार्टफोनको लत छुटाउन ६ पाउन्डको फोन केस
सारांश
- स्मार्टफोनको लत कम गर्न ६ पाउन्डको भारी स्मार्टफोन केस बनाइएको छ।
- स्टेनलेस स्टिलबाट बनेको यो केसले स्क्रिन टाइम घटाउन र शारीरिक थकान बढाउन मद्दत गर्छ।
- यो केस किकस्टार्टरमा क्राउडफन्डिङमा छ र यसको मूल्य २१० देखि ५०० अमेरिकी डलरसम्म छ।
काठमाडौँ । पछिल्लो समय विश्वभरका मानिसहरूमा स्मार्ट फोनको लत बस्दै गएको छ । साना बालबालिकादेखि वृद्ध वृद्धासम्म अधिकांश मानिसहरू दिनको कयौँ घन्टा स्मार्टफोनमा बिताइरहेका छन् ।
यसले गर्दा उनीहरूको दैनिकी मात्रै होइन, मानसिक र सामाजिक स्वास्थ्य समेत बिग्रँदै गइरहेको छ । यस्तोमा एउटा न्यूरो साइन्स स्टार्टअपले ६–पाउन्ड तौल भएको स्मार्टफोन केस बनाएको छ ।
यो केस यति गह्रौँ र बोझिलो छ कि यसले धेरैजसो मानिसहरूको स्क्रिन टाइम लगभग आधामा झार्ने बताइएको छ । स्मार्टफोन केसहरू सामान्यतया डिजाइनको हिसाबले हल्का र चिल्लो हुन्छन् । तर म्याटर न्यूरो साइन्सले विपरीत बाटोमा जाने निर्णय गर्याे अनि पैसाले किन्न सक्ने सबैभन्दा भारी र मोटो फोन केस बनायो । तर, तिनीहरूले यस्तो गर्नुको एउटा उद्देश्य थियो ।
स्मार्टफोन प्रयोग सकेसम्म गाह्रो बनाउन सबैभन्दा असुविधाजनक स्मार्टफोन केस बनाउन सक्दो प्रयास गरे । स्टेनलेस स्टिलबाट बनेको यो स्मार्टफोन केसको तौल ६ पाउन्ड (झन्डै २ दशमलव ७ केजी) छ । यो भनेको १६ इन्चको म्याकबुक प्रो ल्यापटप भन्दा भारी हो । यो केसमा फोन राख्ने ठाउँभन्दा तल र माथि दुई अलग टुक्राहरू छन् ।
सन् १९८० को दशकको प्रतिष्ठित ब्ल्याक डायमन्ड फोनबाट प्रेरित भएर बनाइएको स्टेनलेस स्टिल स्मार्टफोन केस बगलीमा अटाउँदैन । क्षण क्षणमा फोन चेक गरिरहन पत्याउनै नसक्ने गरी गाह्रो हुन्छ । फोन चलाउँदा एक खालको शारीरिक थकान नै हुन्छ । जसले स्वाभाविक रूपमा प्रयोगकर्तालाई फोनबाट टाढा राख्छ ।
६ पाउन्ड तौललाई उठाएर स्मार्टफोन चलाउँदा हात र पाखुराहरू थकित हुन्छन् । यो थकानले पनि प्रयोगकर्तालाई फोन राख्न सम्झाउने स्मार्टफोन केसको किकस्टार्टर पृष्ठमा लेखिएको छ । फोनको अत्यधिक प्रयोग विरुद्ध यो भौतिक प्रतिक्रिया लुप भएको र यसले मांसपेशीहरूलाई टोनमा ल्याउने पनि यसमा भनिएको छ ।
फोनलाई भारी स्मार्टफोन केसबाट हटाउनु असम्भव छैन । केसमा राखिएका धातुका दुई टुक्रा छुट्टाउन एलेन रेन्च नै चाहिन्छ, जुन कष्टप्रद छ । यो सम्झेर तपाईंले बरु फोन नै चलाउँदिन भन्न सक्नुहुन्छ । यो स्मार्टफोन केस यतिबेला किकस्टार्टरमा क्राउडफन्डिङ चरणमा छ ।
एउटा केसको प्रि–अर्डरको लागि २१० अमेरिकी डलर तिर्नुपर्छ । यो मूल्य आफैँमा उच्च हो । तर तपाईं आफ्नो स्मार्टफोनको लत जसरी नै छाड्छु भनेर गम्भीरतापूर्वक लाग्नुभएको छ भने तपाईंले ब्रास संस्करणको केस रोज्न सक्नुहुन्छ । यो केस झनै भारी छ अनि यसको मूल्य झन् ५०० अमेरिकी डलर छ ।
म्याटर न्यूरो साइन्सले यो फोन केसका लागि क्राउडफन्डिङमा ७५ हजार अमेरिकी डलर उठाउने लक्ष्य हासिल गर्ने आशा राखेको छ । ओडिटी सेन्ट्रलमा यो समाचार छापिँदासम्म जम्मा १७ हजार अमेरिकी डलर मात्रै सङ्कलन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण