बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘परिवर्तन’ जापान, कतार र यूएईमा पनि प्रदर्शन हुने

बिहीबार, १३ कात्तिक २०८२, ११ : २१
बिहीबार, १३ कात्तिक २०८२

सारांश

  • विजय केरुङ निर्देशित फिल्म 'परिवर्तन' जापान, कतार र यूएईमा प्रदर्शन हुने भएको छ।
  • फिल्मको कतार र यूएईका लागि प्रदर्शन अधिकार अशिष इन्टरटेनमेन्ट र जापान अधिकार युना इन्टरटेनमेन्टले किनेका छन्।
  • 'परिवर्तन' फिल्ममा सुशील श्रेष्ठ, अञ्जना बराईली, करिश्मा मानन्धर लगायतका कलाकारको अभिनय रहेको छ।

काठमाडौँ । विजय केरुङ निर्देशित फिल्म ‘परिवर्तन’ जापान, कतार र यूएईमा पनि प्रदर्शन हुने भएको छ । निर्माण युनिटले फिल्मको कतार र युएईका लागि प्रदर्शन अधिकार अशिष इन्टरटेनमेन्ट र जापान अधिकार युना इन्टरटेनमेन्टले किनेसँगै यी देशमा प्रदर्शन फिक्स भएको हो । फिल्मको अन्य देशका लागि समेत कुराकानी भइरहेको निर्माता दीपक सिवाकोटीले बताए ।

‘अहिले तीन देशमा फिल्मको राइट्स विक्री भइसकेको छ । अन्य देशमा पनि कुराकानी भइरहेको छ । सायद केहि दिनमा नै यसबारेमा जानकारी दिनेछौँ’, सिवाकोटीले भने ।

विदेशी बजारमा अधिकार बिक्री भएसँगै ‘परिवर्तन’ प्रति दर्शक र वितरकको उत्साह बढेको देखिन्छ । निर्देशक केरुङका अनुसार यो फिल्म नेपाली फिल्मलाई नयाँ स्तरमा पुर्‍याउने प्रयास हो । देश परिवर्तनको सन्देश बोकेको फिल्म ‘परिवर्तन’को टिजरमार्फत दर्शकले बुझिसकेका छन् ।

फिल्ममा अभिनेता सुशील श्रेष्ठलाई एक्सन हिरोको रुपमा प्रस्तुत गरिएको छ । फिल्ममा सुशीलको अलवा अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे,सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल, आयुषा कार्कीलगायतका कलाकारहरूको अभिनय छ ।

फिल्मको पटकथा तथा संवाद शिवम अधिकारीले लेखेको हुन् भने संगीत एसडी योगीको छ । श्री श्रेष्ठको एक्सन निर्देशन रहेको यो फिल्ममा शिव ढकालको छायांकन, बन्दे प्रसादको सम्पादन छ । फिल्मको नेपाल भरको हलमा वितरणको जिम्मा आर आर फिल्मस्ले गर्नेछ भने डिजिटल पार्टनर ओएस आर रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप