इन्स्टाग्रामको नयाँ सुविधा परीक्षण, रुचिका विषय छनोट वा हटाउन सकिने
एजेन्सी । इन्स्टाग्रामले एउटा नयाँ सुविधाको परीक्षण सुरु गरेको छ, जसमा प्रयोगकर्ताहरूले अब आफ्नो अल्गोरिदममा आधारित सिफारिसहरूलाई अझ बढी व्यक्तिगत बनाउन सक्नेछन् ।
यसमा तपाईंले आफ्नो रुचिका विषयहरू छनोट गर्न वा हटाउन सक्नुहुन्छ । यो रिलबाट सुरु हुनेछ र पछि एक्सप्लोर पेजमा पनि उपलब्ध हुनेछ । यो अपडेट इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले 'थ्रेड्स'मा घोषणा गरेका हुन् । यसको उद्देश्य प्रयोगकर्ताहरूलाई उनीहरूको फिड र ब्राउजिङ अनुभवमाथि बढी नियन्त्रण दिनु हो ।
यो कदम मेटाको त्यो ठुलो योजनाको एक हिस्सा हो, जसमा एप्समा कस्टमाइजेसन र ट्रान्सपरेन्सी बढाउने प्रयास भइरहेको छ । हालै सेन्सेटिभ कन्टेन्ट नियन्त्रण र सुझाइएका पोस्टहरूलाई परिस्कृत गर्नेजस्ता सुविधाहरू पनि आएका छन् ।
इन्स्टाग्रामले केही प्रयोगकर्ताहरूलाई ट्युन अल्गोरिदमको विकल्प पनि दिइरहेको छ ।
इन्स्टाग्रामका सीईओ एडम मोसेरीले कम्पनीले यस्तो सुविधा परीक्षण गरिरहेको बताएका छन्, जसबाट प्रयोगकर्ताहरूले आफ्नो अल्गोरिदम ट्युन गर्न सक्नेछन् । यो अपडेट मानिसहरूले आफ्नो फिड मा देखिने सामग्रीलाई आफ्नो रुचिअनुसार नियन्त्रण गर्न सकून् र ब्राउजिङ अनुभव अझ व्यक्तिगत बनाउन सकून् भनेर तयार पारिएको हो ।
यो सुविधा 'योर अल्गोरिदम' नामक नयाँ खण्डमा सेटिङ्ग्सभित्र उपलब्ध हुनेछ, जहाँ प्रयोगकर्ताहरूले आफ्ना सिफारिसहरूलाई प्रभाव पार्ने विषयहरू हेर्न र व्यवस्थापन गर्न सक्नेछन् । यसले तपाईंको अन्तरक्रिया ढाँचालाई संक्षिप्त रूपमा देखाउँछ, जस्तैः मोसेरीको उदाहरणमा लक्जरी घडी, फेसन वीक, ब्याड बनी, 'स्ट्यान्ड–अप कमेडी' र कन्सर्टजस्ता विषयहरू देखिएका थिए ।
प्रयोगकर्ताहरूले एड बटन थिचेर नयाँ मनपर्ने विषयहरू छनोट गर्न सक्छन् वा त्यस्ता विषयहरूबाट कम सामग्री हेर्ने विकल्प रोज्न सक्छन् । यो सुविधा त्यतिबेला प्रयोग गर्न सकिन्छ जब प्रयोगकर्ताको अकाउन्टमा यसको पहुँच सक्रिय हुन्छ ।
सुरुमा यो अल्गोरिदम कस्टमाइजेसन केवल रिलका लागि उपलब्ध हुनेछ, ताकि परीक्षणमा सहभागीहरूले आफ्नो रिल फिडलाई फाइन–ट्युन गर्न सकून् । यो अपडेट इन्स्टाग्रामको ठुलो प्रयासको एक हिस्सा मानिएको छ, जसमा प्रयोगकर्ताहरूलाई थप नियन्त्रण दिने सुविधाहरू जस्तैः प्यारेन्टियल टुल्स, सेन्सेटिभ कन्टेन्ट लिमिट र बेटर फिल्टरिङ पहिल्यै आएका छन् ।
मोसेरीले पछि यो सुविधा एक्सप्लोर ट्याबमा पनि आउने र त्यसपछि थ्रेड्समा पनि आउने बताएका छन् । यद्यपि उनले कति प्रयोगकर्ताहरूले यो सुविधा पाएका छन् वा कहिले यो सबैका लागि रोलआउट हुनेछ भन्ने जानकारी दिएका छैनन् ।
हाल कम्पनीले यसलाई अझ राम्रो बनाउन परीक्षणमा सहभागी व्यक्तिहरूबाट फिडब्याक लिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण