नेपाल र बंगलादेशबिच मैत्रीपूर्ण फुटबल खेल हुने
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
नेपाली आगामी नोभेम्बर १३ मा आफ्नो दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको हो । बंगलादेशमा हुने खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ ।
फिफा विन्डोमा हुने यो मैत्रीपूर्ण खेलले दुवै टोलीलाई आफ्ना खेलाडीको प्रदर्शन मूल्यांकन गर्न, नयाँ रणनीति अपनाउन र टोलीको तालमेल सुधार्न मद्दत पुर्याउनेछ । विशेषगरी आगामी विश्वकप छनोट वा एसिया कप छनोटका खेलहरू अगाडि यस्ता मैत्रीपूर्ण खेलहरूले टोलीलाई उच्च मनोबलका साथ मैदानमा उत्रिन प्रोत्साहन मिल्ने एन्फाको अपेक्षा छ ।
नेपाल र बंगलादेश दक्षिण एसियाली फुटबलमा चिरपरिचित प्रतिद्वन्द्वी हुन्।
भदौ २१ गते दशरथ रंगशाला नेपाल र बंगलादेश आमनेसामने भएका थिए, उक्त खेल गोलरहित बराबरी भएको थियो । लगत्तै भदौ २४ गते दोस्रो मैत्रीपूर्ण खेल तय भए पनि जेनजी आन्दोलनका कारण स्थगित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण