रकम असुलीको आरोपमा राहदानी विभागबाट दुई जना पक्राउ
बिहीबार, १३ कात्तिक २०८२, १८ : ५७
काठमाडौँ । राहदानी विभाग परिसरबाट सेवाग्राहीहरूलाई गलत प्रलोभनमा पारी रकम असुल गरेको सूचनाको आधारमा बिहीबार दुई जनालाई पक्राउ गरिएको छ ।
विभागका अनुसार सेवाग्राहीहरूसँग विभिन्न बहानामा रकम असुल गर्दै आएको सूचनाको आधारमा उनीहरूलाई विभाग परिसरबाटै पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरीमा बुझाइएको हो।
राहदानी विभागले भ्रष्टाचारजन्य गतिविधिका सम्बन्धमा शून्य सहनशीलता नीति अङ्गीकार गरेको जनाएको छ।
साथै यस प्रकारका कुनै पनि बहानामा सेवाग्राहीसँग रकम असुल्ने वा ठगी गर्ने व्यक्तिहरूबाट सावधान रहन आग्रह गरिएको छ।
विभागले सबै सेवाग्राहीलाई कसैले रकम मागेमा विभागमा जानकारी गराउन समेत अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण