मध्यपश्चिम विश्वविद्यालय र भारतको बिरला ग्लोबल विश्वविद्यालयबिच शैक्षिक साझेदारी, ५ वर्षे सम्झौतामा हस्ताक्षर
सारांश
- मध्यपश्चिम विश्वविद्यालय र बिरला ग्लोबल विश्वविद्यालयबीच शैक्षिक सहकार्य सम्झौता भएको छ।
- सम्झौताले विद्यार्थी, प्राध्यापक आदानप्रदान, अनुसन्धान, सेमिनार र सांस्कृतिक कार्यक्रम गर्नेछ।
- यो सम्झौता पाँच वर्षको लागि गरिएको छ र स्वतः नवीकरण हुनेछ।
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय र भारतको भुवनेश्वरस्थित बिरला ग्लोबल विश्वविद्यालयबिच शैक्षिक तथा अनुसन्धान सहकार्यका लागि दुई पक्षीय सम्झौता पत्र (एमओयू)मा हस्ताक्षर सम्पन्न भएको छ ।
शुक्रबार आयोजित एक कार्यक्रममा सम्झौता पत्रमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. ध्रुव कुमार गौतम र बिरला ग्लोबल विश्वविद्यालयका उपकुलपति प्रा. कुलभुसण बालोनीले हस्ताक्षर गरे ।
हस्ताक्षर कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका रजिष्ट्रार प्रा।डा। शोभाखर कँडेल, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा। यदु प्रसाद ज्ञवाली र बिरला ग्लोबल विश्वविद्यालयका डीन डा। सत्यकामा मिश्रको उपस्थिति रहेको थियो ।
यो सम्झौताको प्रमुख उद्देश्य दुई विश्वविद्यालयबिच आपसी समझदारी बढाउँदै शैक्षिक, सांस्कृतिक र अनुसन्धानमूलक सहकार्यलाई प्रवर्द्धन गर्नु रहेको छ ।
यसले सहकार्यात्मक शैक्षिक सम्बन्ध स्थापना गरी अध्ययन र अनुसन्धानका लागि प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूको आदानप्रदान गर्दै शिक्षा र अनुसन्धानको क्षेत्रमा विभिन्न कार्यक्रमहरू कार्यान्वयन गर्ने लक्ष्य लिएको छ ।
सम्झौताले विद्यार्थी र प्राध्यापक आदानप्रदान कार्यक्रम, संयुक्त अनुसन्धान तथा प्रकाशन, सेमिनार र सम्मेलन, अध्ययन भ्रमण, छोटो अवधिका शैक्षिक तालिम, संयुक्त शिक्षण कार्यक्रमका साथै सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्ने मार्ग प्रशस्त गरेको छ ।
यो सम्झौता पाँच वर्षको अवधिका लागि गरिएको छ र यसपछि स्वतः नवीकरण हुने प्रावधान रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण