रास्वपाको आयोजनामा बृहत् राजनीतिक संवाद सुरु
शुक्रबार, १४ कात्तिक २०८२, १४ : १४
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बृहत् राजनीतिक संवाद कार्यक्रमको आयोजना गरेको छ।
- काठमाडौंको एक रिसोर्टमा उक्त कार्यक्रम सुरु भएको छ, जसमा विभिन्न राजनीतिक दल र समूह सहभागी छन्।
- डा. स्वर्णिम वाग्लेको नेतृत्वमा भएको संवादमा 'जेनजी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास' विषयमा छलफल भइरहेको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आयोजनामा बृहत् राजनीतिक संवाद सुरु भएको छ । रास्वपाका उपसभापति एवं उच्च संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेको अगुवाईमा काठमाडौँको एक रिसोर्टमा उक्त कार्यक्रम केहीबेर अघिबाट सुरु भएको हो । कार्यक्रममा परिवर्तनका पक्षधर राजनीतिक दल, शक्ति र समूहहरू सहभागी भएको सो पार्टीले जनाएको छ ।
‘जेनजी आन्दोलनका उपलब्धि, अगाडिको बाटो र निकास’ विषयक डा वाग्लेले स्वागत मन्तव्य राख्दै बहसको उद्देश्यबारे प्रस्ट पारेका छन् । संवादमा नयाँ राजनीतिक अभ्यास र अबको आवश्यकताबारे पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले धारणा राखिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण