मदन भण्डारी लोकमार्गमा पर्यो ४ अर्व, तानेसेन–तम्घास छोटो दुरी हुने
गुल्मी–पाल्पाको बतासेडाँडाको बाटो गुल्मी जिल्लाका बासिन्दाका लागि ऐतिहासिक बाटो थियो । ४० को दशकसम्म वुटवल– पोखरा तर्फबाट आउने जाने गुल्मेली बतासेडाँडाबाट पैदल हिड्थे ।
त्यहाँ देखि तल जोर्तेसम्मका होटलमा चिया नास्ता र खाना खान्थे । त्यस क्रममा त्यहाँका ब्यवसायी र गुल्मेलीबीच निकै घुलमेल थियो । पाल्पा तानेसेन सडक खुलेपछि उनीहरु र पैदल हिँडने गुल्मेलीको साईनो टुटेको थियो ।
त्यहीँ ऐतिहासि बाटो, भावनात्मक सम्वन्ध जोड्ने प्रयास स्वरुप वतासेडाँडा हुँदै कालीगण्डकी कोरिडोर जोड्ने कार्य शुुरु छ ।
गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य तथा परराष्ट मन्त्री प्रदिपकुमार ज्ञवालीका स्वकिय सचिव जंग नेपालीले भने, ‘मन्त्रीज्यूले त्यस ऐतिहासिक वाटोलाई अहिलेको सुविधासँग जोड्दै हिजोको त्यस भेगको भावनात्मक सम्वन्ध पुनःस्थापित गर्ने प्रयास स्वरुप यति वेला वतासेडाँडाबाट फराकिलो सडक निर्माण कार्य धमाधम भई रहेको छ । अव त्यो छिट्टै सम्पन्न गरी हाडथोकको लामो दुरीको सट्टा वतासेडाँडाबाट ६ किलो मिटर कम दुरीको यातायात आवत जावत सुचारु हुने छ ।’
बैकुण्ठबहादुर चन्द झण्डै कुटिएका थिए
तानेसेन तम्घास सडक खोल्नमा तत्त्ताकालीन राष्ट्रिय पञ्चायत सदय बैकुण्ठबहादुर चन्दले अगुवाई गरेका थिए । उनी आफै पनि जनतासँग कोदालो र गैची चलाएर उक्त सडक खोलेका थिए । उनले बतासे डाँडाबाटै खन्न सुरु गरेपछि झण्डै पाल्पालीबाट कुटिनु परेको थियो ।
तानसेनको ब्यापार घट्छ भनेर तम्घास बाटो नखोल्ने उनलाई धम्की आयो । ठूला आर्थिक प्रलोभन देखाएको चन्द बताउँछन् ।
आफ्नो गाउँ अग्लुङ्गको पुरानै घरमा बसेका चन्दले भने, ‘कसै मारेका थिएनन् । उनीहरुले दिन खोजेको पैसाको विटाका पछाडि म लागेको भएँ अहिले शहरमा चार पाँच वटा पक्की घर भई सक्ने थिए । तर, त्यस्तो लोभ लालचमा नलागी जनतासंगै आठोपिठो खाँदै र खन्दै तम्घास तानसेन बाटो खोलेको हुँ ।’
उनले खोलेको त्यस मोटरबाटोमा प्रदिप ज्ञवाली सांसद भए पछि पिच गरियो ।
मदन भण्डारी लोकमार्गलाई ४ अर्व प¥यो
त्यस्तै पुर्वी झापा देखि गुल्मी हुँदै सुदुर पश्चिम जोड्ने मदन भण्डारी लोकमार्ग निर्माणका लागि पनि यस आर्थिक वर्षमा सरकारले करिव ४ अर्व विनियोजन गरेको मन्त्री ज्ञवालीका स्वकिय सचिव नेपाली बताए ।
यस सडकले गुल्मीको भविश्य थप उज्वल बनाउने मन्त्री ज्ञवालीको ठम्माई रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस–एमालेको पूर्वसहमति भत्कियो, प्रदेश सरकार गठनमा नेकपा निर्णायक
-
२०१० को स्पेन र २०२६ को स्पेनमा के फरक छ ?
-
सुरक्षा परिषद् सुधारका लागि तत्काल कदम चाल्न भारतकाे आह्वान
-
राष्ट्रियसभाको अर्को बैठक साउन १५ गते
-
सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश
-
मेस्सीले करियरमा अब इंग्ल्याण्डलाई हराउन मात्र बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण