गोरखामा पहिरोले पुरिएर पर्यटकको मृत्यु
शनिबार, १५ कात्तिक २०८२, ०८ : ५९
सारांश
- गोरखाको चुमनुब्रीमा पहिरोमा पुरिएर एक पर्यटकको मृत्यु भएको छ ।
- ५४ वर्षीया विदेशी नागरिक क्याटरिना रस्कोभाको पहिरोमा परेर मृत्यु भएको हो ।
- सामागाउँबाट जगत फर्कने क्रममा हिँडिरहेको बेला पहिरोले पुरिएको थियो ।
पोखरा । मनासलु पदमार्ग अन्तर्गत गोरखाको चुमनुब्रीमा पहिरोले पुरिएर एक पर्यटकको मृत्यु भएको छ । वडा नं ३ न्याकफेदीमा शुक्रबार दिउँसो झरेको पहिरोमा ५४ वर्षीय विदेशी नागरिक क्याटरिना रस्कोभा पुरिएकी हुन् ।
सामागाउँबाट जगत फर्कने क्रममा बाटोमा हिँडिरहेको बेला माथिबाट आएको लेदोसहितको पहिरोमा पुरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले जानकारी दिए ।
उनी श्रीमानसहित गाइड लिएर पदयात्रामा निस्किएकी थिइन् । सोही पालिकामा अर्का पर्यटक डुङ्गाले लागेर गम्भीर घाइते भएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण