सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

पूर्वमन्त्री आलमको ‘आईसीयू’मा उपचार हुँदै

शनिबार, १५ कात्तिक २०८२, १८ : ३६
शनिबार, १५ कात्तिक २०८२

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पतालको सघन कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ । 

मिर्गौलामा सङ्क्रमण देखिएपछि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको जनाइएको छ । लामो समयदेखि उनको मिर्गौलाको डायलाइसिस भइरहेको छ । 

विगतमा रौटहतबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने उनले केही समय वन तथा वातावरण र श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।‍

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप