त्रियुगाको बाढीले बेल्टार–फत्तेपुर, सुन्दपुर–हँडिया सडक अवरुद्ध
आइतबार, १६ कात्तिक २०८२, ११ : ५५
सारांश
- उदयपुरमा निरन्तर वर्षाका कारण बेल्टार, फत्तेपुर लगायतका स्थानमा यातायात सेवा अवरुद्ध भएको छ।
- त्रियुगा नदीमा आएको बाढीले चौदण्डीगढी नगरपालिका क्षेत्रका सडकमा क्षति पुर्याएको छ।
- बाढीले ह्युमपाइप बगाउनुका साथै सडक भत्काएकाले मर्मतमा समस्या भइरहेको छ।
उदयपुर । निरन्तर वर्षाले बेल्टार, फत्तेपुर, हँडिया, सुन्दरपुरमा यातायात सेवा अवरुद्ध भएको छ । त्रियुगा नदीमा आएको बाढीले चौदण्डीगढी नगरपालिका क्षेत्रका ती सडकमा क्षति पुर्याएको हो ।
बाढीले चौदण्डीगढी नगरपालिकाको वडा नं ९ ज्यामिरेदेखि वडा नं १० हँडिया र वडा नं. ५ को सुन्दरपुर जोड्ने सडक भत्काएको छ भने सो क्षेत्रको खोलामा अस्थायी पुलका रूपमा राखिएका ह्युमपाइपमा समेत क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार बाढीले चौदण्डीको बेल्टार–फत्तेपुर सडकमा क्षति गरेको छ । यस क्षेत्रका अस्थायी सडकमा राखिएका ह्युमपाइप बाढीले बगाएको छ ।
सूचना अधिकारी दोङका अनुसार निरन्तर वर्षा भइरहेका कारण अवरुद्ध सडक मर्मत गर्न समस्या भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : सार्वजनिक बिदा पुनरवलोकन गरिने, बजेट कार्यान्वयनबारे ३७ बुँदे मार्गदर्शन
-
झापाबाट हराएका ६५३ जना एक वर्षमा फेला
-
शैक्षिक परामर्श संस्था नवीकरणको अनलाइन आवेदन दिने म्याद थपियो
-
बाजुरा जिप दुर्घटना अपडेट : घाइते भएकामध्ये दुई जनाको मृत्यु
-
मन्त्रालय घटेसँगै दरबन्दी व्यवस्थापनमा जोड, लोकसेवा पदपूर्ति नरोकिने
-
गण्डकीमा प्रदेश सरकार फेरबदलः ‘पर्ख र हेर’को स्थिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण