बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक

आइतबार, १६ कात्तिक २०८२, १४ : ३०
आइतबार, १६ कात्तिक २०८२

काठमाडौँ । चलचित्र ‘धागो’को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ । ट्रेलरले चलचित्रको मूल भावलाई प्रस्ट्याएको छ, जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका दैनिक समस्याहरू र सामाजिक दुरावस्थाको सङ्घर्षको मार्मिक चित्रण गरेको छ । 

ट्रेलरमा मुख्य गरी परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित दैनिक समस्याहरू र त्यससँग जुध्न गरिएको सङ्घर्ष देखाइएको छ । 
उदिप राणा थापा निर्देशित फिल्म नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारहरूको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक कथामा बनेको हो ।
एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई चलचित्रलाई प्रतिबिम्बित गर्ने निर्देशकले बताए ।

चलचित्र अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको छ भने उनीसँगै प्रभात थापा, सुरभि थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकारको अभिनय रहेको छ । अभिनेत्री वर्षा राउत विशेष केमियो भूमिकामा रहेकी छन् । 

चलचित्र म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता उमा थापा, उत्तम थापा र उदिप थापा हुन् । फिल्मको छायाङ्कन निर्देशन बलिउडका अनिकेर एम. घोघले रहेका छन् । 

‘धागो’ आगामी कार्तिक २८ गते (नोभेम्बर १४) मा नेपाल र भारतका हलहरूमा एकसाथ रिलिज हुने तयारीमा छ । नेपालमा यसलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप