माओवादी प्रवेश गरेपछि गोपाल किरातीले भने– देशी विदेशी प्रतिक्रियावादी दललाई ध्वस्त पारेरै छाड्छौँ
सारांश
- गोपाल किराती देशभक्त समाजवादी मोर्चाबाट नेकपा माओवादीमा प्रवेश गरे।
- प्रचण्ड र किरातीबीच पार्टी प्रवेशका लागि सहमति पत्रमा हस्ताक्षर भयो।
- किरातीले देशी विदेशी प्रतिक्रियावादी दलाललाई ध्वस्त पार्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । देशभक्त समाजवादी मोर्चाका अध्यक्ष गोपाल किराती नेकपा माओवादीमा प्रवेश गरेका छन् । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र मोर्चाका अध्यक्ष किरातीबिच सहमति पत्रमा हस्ताक्षर गरेर पार्टी प्रवेश गरेका हुन् ।
सोमबार पार्टी प्रवेशसँगै प्रचण्डसँग हात मिलाउँदै उनले देशी विदेशी प्रतिक्रियावादी दलाललाई ध्वस्त पारेरै छोड्ने प्रतिबद्धता जनाए ।
‘कमरेड प्रचण्ड लाल सलाम ! नेपाली क्रान्ति सम्पन्न गरेरै छोड्छौँ । समाजवादी क्रान्ति सम्पन्न गरेरै छोड्छौँ । स्वदेशी र विदेशी प्रतिक्रियावादी दलालहरुलाई धुलोपिठो पारेरै छोड्छौँ’, उनले भने ।
माओवादीका पूर्व नेता रहेका किराती २०७५ सालमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबिच एकता गरेर नेकपा गठन गरेपछि उनले पार्टी पुनर्गठन गरेका थिए ।
तर सर्वोच्च अदालतले नेकपा विघटन फैसलाले साबिक पार्टी कायम गरिदिएपछि उनले नयाँ पार्टी गठन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण