एनआईसी एसिया बैंकको सीईओमा शाक्य नियुक्त
सोमबार, १७ कात्तिक २०८२, ११ : ४७
काठमाडौँ । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजितकुमार शाक्य नियुक्त भएका छन् । बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले शाक्यलाई ४ वर्षे कार्यकालसहित सीईओको जिम्मेवारी दिइएको बैंकका कम्पनी सचिव दिपेन कार्कीले जानकारी दिए ।
शाक्यले आगामी ३० दिनभित्र बैंकमा सीईओको कार्यभार सम्हाल्नेछन् । बैंक सञ्चालक समितिले शाक्यलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो।
तीन दशक लामो अनुभव भएका शाक्य हाल नबिल बैंकको वरिष्ठ डेपुटी सीईओ हुन् । यसअघि उनी ग्लोबल आईएमई बैंक, जनता बैंक, सिभिल बैंक लगायतमा काम गरेको अनुभव छ ।
एनआइसी एसिया बैंकबाट तत्कालीन सीईओ रोशनकुमार न्यौपानेले राजीनामा दिएसँगै उक्त पद रिक्त थियो । शाक्यले कार्यभार नसम्हालेसम्म सन्तोषकुमार राठीले कायम मुकायम सीईओको जिम्मेवारी सम्हाल्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
-
जनार्दन शर्माले भने– आफू निकटलाई नभई विज्ञलाई प्राधिकरणको नेतृत्व दिने हो कि ?
-
नाटो शिखर सम्मेलनमा गएका सबै नेतालाई एर्दाेआनले दिए रिभल्भर उपहार
-
कर्णालीमा अन्तिम दिन १ अर्ब ५८ करोड भुक्तानी, १२ अर्ब ६२ करोड फ्रिज
-
दुई उपसमिति विपक्षीलाई दिएपछि टुङ्गियो लेखा समितिको ‘पावर स्ट्रगल’
-
कस्ता–कस्ता रेकर्ड बनाए एम्बाप्पेले?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण