भेनेजुएलासँग युद्धको सम्भावना कम, तर मादुरोको दिनगन्ती सुरु भयो : ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग युद्धको सम्भावनालाई कम आँकेका छन्।
- ट्रम्पले क्यारेबियन क्षेत्रमा लागुऔषध तस्करविरुद्धको अमेरिकी हमलाबारे बताए, जसमा ६४ जनाको मृत्यु भइसकेको छ।
- ट्रम्पले भेनेजुएलामाथि जमिनमा हमला गर्ने योजनाबारे सिधै जवाफ दिन मानेनन्।
फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग अमेरिकाको युद्ध हुने सम्भावनालाई कम आँकेका छन्। तर, उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको दिनगन्ती भने सुरु भएको सङ्केत दिएका छन्।
सीबीएसको '६० मिनेट्स' कार्यक्रममा बोल्दै ट्रम्पले ‘अमेरिका भेनेजुएलासँग युद्धमा जाँदैछ ?’ भन्ने प्रश्नमा जवाफ दिए, ‘मलाई शङ्का छ। मलाई त्यस्तो लाग्दैन। तर, उनीहरूले हामीसँग धेरै नराम्रो व्यवहार गरिरहेका छन्।’
ट्रम्पको यो भनाइ क्यारेबियन क्षेत्रमा कथित लागुऔषध तस्कर डुङ्गाहरूमाथि अमेरिकाले लगातार हमला गरिरहेको बेला आएको हो। ट्रम्प प्रशासनले लागुऔषधको प्रवाह रोक्नका लागि यो कदम आवश्यक रहेको बताउँदै आएको छ।
सीबीएस न्युजले दिएको रिपोर्टअनुसार, सेप्टेम्बरको सुरुदेखि नै क्यारेबियन र पूर्वी प्रशान्त क्षेत्रमा भएका अमेरिकी हमलाहरूमा कम्तीमा ६४ जनाको मृत्यु भइसकेको छ। अमेरिकी कारबाही लागू औषध नियन्त्रणका लागि नभई ट्रम्पका चिरपरिचित विरोधी मादुरोलाई सत्ताबाट हटाउन लक्षित रहेको भन्ने सुझावलाई ट्रम्पले अस्वीकार गरे। उनले यो कारबाही ‘धेरै कुरा’ का लागि भएको बताए।
फ्लोरिडाको मार-ए-लागो निवासबाट बोल्दै ट्रम्पले भने, ‘तपाईँले देख्नुभएको प्रत्येक डुङ्गामाथि हमला हुँदा २५ हजारको लागू औषध नष्ट हुन्छ र यसले हाम्रो देशका परिवारहरूलाई विनाश हुनबाट जोगाउँछ।’
के अमेरिकाले भेनेजुएलाको जमिनमा कुनै हमला गर्ने योजना बनाउँदैछ भन्ने प्रश्नमा ट्रम्पले यसलाई पूरै अस्वीकार गर्न भने मानेनन्। ट्रम्पले भने, ‘म त्यसो गर्नेछु भनेर भन्न तयार छैन... म भेनेजुएलासँग म के गर्दैछु वा के गर्दै छैन भन्ने कुरा तपाईँलाई बताउनेवाला छैन।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण