जनकपुरधामका व्यापारी आन्दोलनमा
सारांश
- जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्षमाथि प्रहरीले कुटपिट गरेपछि व्यापारी आन्दोलनमा उत्रिएका छन्।
- धनतेरसको दिन सुनचाँदी बजारमा छापा मारेको विषयमा विवाद हुँदा प्रहरीले बल प्रयोग गरेको थियो।
- व्यापारीहरूले प्रहरीले सुनचाँदी लुटेको आरोप लगाएका छन् र दोषी प्रहरीमाथि कारबाहीको माग गरेका छन्।
धनुषा । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीमाथि प्रहरीले गरेको दमन र कुटपिट गरेको भन्दै व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् ।
धनतेरस पर्वको पूर्वसन्ध्यामा सुनचाँदी बजारमा भएको घटनाको निष्पक्ष छानबिन र दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै जनकपुरधामका व्यापारीहरूले बिहान ९ बजेदेखि १२ बजेसम्म बजार व्यवसाय बन्द गरी विरोध जनाएका हुन् ।
संघको अगुवाइमा व्यापारीहरूले नगरमा विरोध र्याली समेत निकालेका थिए । यसअघि पहिलो चरणको आन्दोलन अन्तर्गत व्यापारीहरूले तीन दिनसम्म आफ्नो व्यापारिक प्रतिष्ठानमा कालो झण्डा झुन्ड्याएर र कालोपट्टि बाँधेर विरोध जनाएका थिए ।
धनतेरसको अघिल्लो दिन प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाका आधारमा जनकपुरधामको सुनचाँदी बजार क्षेत्रमा छापा मारेको थियो । सो क्रममा एक पसलबाट करिब सात किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरूले विरोध जनाएका थिए ।
व्यापारीहरूले प्रहरीले छापाको नाममा चाँदी लुटेको आरोप लगाएका छन् । प्रहरी र व्यापारीबिच विवाद बढ्दै जाँदा प्रहरीले बल प्रयोग गरेको थियो । सोही क्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष भण्डारी प्रहरीको कुटपिटबाट घाइते भएका थिए ।
घटनापछि व्यापारीहरूले दोषी प्रहरीमाथि कारबाही र निष्पक्ष छानबिनको माग गर्दै आन्दोलन जारी राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्लोजको नाममा रहेको सर्वाधिक विश्वकप गोलको कीर्तिमानसँग मेसीले गरे बराबरी
-
उपेन्द्रलाई छाडेर राउत किन ढल्के कुलमान र साम्पाङतिर ?
-
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार जित
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण