गुटका भेला तत्काल बन्द गर्न लिङ्देन र राणालाई शाहीको चेतावनी
सारांश
- राप्रपा नेता ज्ञानेन्द्र शाहीले पार्टी नेतृत्वलाई गुटबन्दी त्याग्न र एकजुट हुन आह्वान गरे।
- उनले अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणालाई लक्षित गर्दै असन्तुष्टि व्यक्त गरे।
- शाहीले नेताहरूलाई व्यक्तिगत स्वार्थ त्याग्न र राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरे।
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक किचलो बढिरहेका बेला पार्टी नेता एवं जुम्लाका सांसद ज्ञानेन्द्र शाहीले पार्टी नेतृत्वलाई गुटबन्दी छोडेर एकजुट हुन चेतावनीसहितको अपिल गरेका छन्।
अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणालाई लक्षित गर्दै शाहीले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमै आफ्नो असन्तुष्टि र आक्रोश व्यक्त गरेका हुन्। उनले नेताहरूलाई व्यक्तिगत स्वार्थ र अहम् त्याग्न तथा राष्ट्रिय हितलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
‘राप्रपा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन होस् वा पार्टी महामन्त्री धवल शमशेर राणा होस्, यसरी गुट-उपगुटका भेला तत्काल बन्द गर। यस्तो अवस्थामा राष्ट्रवादीहरू एक ढिक्का हुने हो, फुटेर होइन, जुटेर अगाडि बढ्ने हो। यदि तिमीहरू मिलेर जान सक्दैनौ भने युवाहरूको भविष्य बर्बाद गर्ने तिमीहरूको अधिकार छैन,’ शाहीले भनेका छन्।
शाहीले नेताहरूलाई राष्ट्रवादी शक्तिलाई कमजोर नबनाउन र जनताको आशामाथि तुषारापात नगर्न सचेत गराएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण