निर्वाचन कार्यालयमा मतदाता नामावली दर्ता गर्नेको भिड
सारांश
- निर्वाचन आयोगले फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति तोकेपछि बारा जिल्ला निर्वाचन कार्यालयमा चहलपहल बढेको छ।
- मतदाता नामावली सङ्कलन र नयाँ दल दर्ताको सनाखत गर्न भिडभाड बढेको छ, जसमा युवाहरूको उत्साह उल्लेखनीय छ।
- निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन, नयाँ दल दर्ताको सनाखत र निर्वाचन सामग्री व्यवस्थापनको काम गरिरहेको छ।
बारा । सरकारले फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति तोकेसँगै जिल्लामा रहेको निर्वाचन कार्यालयमा चहलपहल सुरु भएको छ ।
जिल्ला निर्वाचन कार्यालय बारामा मतदाता नामावली सङ्कलन र दर्ता भएका नयाँ दलको सनाखत गर्न पछिल्लो समय भिडभाड बढेको हो ।
निर्वाचन आयोगले जेनजी समूहलाई लक्षित गरी अध्यादेश मार्फत असोज १० गतेदेखि मतदाता नामावली सङ्कलन सुरु गरेको हो ।
बारामा असोज १० गते कात्तिक १७ गते आइतबारसम्म ३ हजार ३ सयले मतदाता नामावली दर्ता गरेको सूचना अधिकारी मुकेश कुमार सिंहले जानकारी दिए ।
उनले जेनजी आन्दोलनपछि मतदाता नामावली सङ्कलन गर्न युवाहरू उत्साहित देखिएको बताएका छन् ।
नेपाली नागरिकता प्राप्त गरेर १८ वर्ष उमेर पुरा भएका नेपाली नागरिकहरूले आफ्नो नाम मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था छ ।
‘उमेर धेरै पहिला नै पुगेपनि विभिन्न कारणले विदेशमा काम गर्ने, पढाई र कामको सिलसिलामा बाहिर रहेर मतदाताहरूले कात्तिक ३० गतेसम्म आफ्नो नाम दर्ता गर्न सक्नेछन्’, सूचना अधिकारी सिंहले भने ‘विगतमा नामावली दर्ता भएर मतदाता परिचयपत्र हराएकाहरूको हकमा नागरिकता वा परिचय खुल्ने अन्य सरकारी कार्यालयबाट जारी भएको परिचयपत्रबाट पनि मतदान गर्न सक्ने व्यवस्था छ ।’
यसअघि २०७८ को निर्वाचनमा मतदाता नामावलीमा नाम दर्ता भएर परिचयपत्र नभएका नेपाली नागरिकलाई जग्गाधनी प्रमाण पुर्जालाई समेत आधार मानेर मतदान प्रक्रियामा सहभागी गराइएको थियो ।
जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख नवीन चौधरीले आयोगको निर्देशन अनुसार मतदाता नामावली सङ्कलन र आयोगमा दल दर्ताको लागि परेका निवेदनहरूको सन्दर्भमा जिल्लाबाट सनाखत गर्ने काम भइरहेको बताएका छन् ।
असोज ३० गते गतिशील लोकतान्त्रिक पार्टीले आयोगमा दल दर्ता गरेपछि निर्वाचन कार्यालय बाराले जिल्लामा सनाखत गर्ने काम गरिरहेको छ ।
‘फागुन २१ गते निर्वाचन घोषणा गरेपछि आयोगले जे जे निर्देशन दिएको छ त्यसैको आधारमा हामीले जिल्लास्तरबाट काम गरिरहेका छौँ’, प्रमुख नवीन चौधरीले भने, ‘कात्तिक ३० गतेसम्म मतदाता नामावली सङ्कलन गर्ने, नयाँ दल दर्ताको सनाखत गर्ने र निर्वाचन साम्रगीहरु व्यवस्थापनको काम अहिले भइरहेको छ’
४ महिनापछि हुने निर्वाचनका लागि मतपेटिका र जनशक्तिको अवस्था बारे निर्वाचन आयोगलाई जानकारी दिइएको चौधरीले जनाए ।
‘तोकिएकै समयमा निर्वाचन भयो भने सुरक्षा व्यवस्था कसरी मिलाउने भन्ने विषयमा अहिले छलफल भइसकेको छैन, त्यो पछिको कुरो हो’ प्रमुख चौधरीले भने ‘अध्यादेशबाट मतदाता नामावली सङ्कलन भएकाले अहिले नामावलीमा नाम दर्ता गर्न जेनजी युवाहरूको धेरै भिड छ ।’
बारामा २०८२ असार मसान्तसम्म ४ लाख ४० हजार ५१५ जनाले मतदाता नामावली दर्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण