६ लाखले कांग्रेसको सदस्यता नवीकरण गरे, २ लाखले लिए नयाँ सदस्यता
सारांश
- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ६ लाखले क्रियाशील सदस्यता नवीकरण गरेको जानकारी दिए।
- अधिकांश वडामा नवीकरण सम्पन्न भए पनि केहीमा आन्दोलन, विवाद र निर्वाचनका कारण ढिलाइ भएको बताइएको छ।
- पार्टीले डिजिटल प्रणालीमार्फत सदस्यता व्यवस्थापन गर्दै २ लाख १७ हजार ९०० नयाँ सदस्यता वितरण गरेको छ।
काठमाडौँ । ६ लाखले नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण गरेका छन् । महामन्त्री गगन थापाले पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा अहिलेसम्म ६ लाखले क्रियाशील सदस्यता नवीकरण गरेको जानकारी दिएका हुन् ।
थापाले बैठकमा ६,७४३ वडामध्ये अधिकांश वडामा नवीकरण सम्पन्न भएको बताए । केही वडामा आन्दोलन, विवाद र निर्वाचन क्षेत्रीय समस्या जस्ता कारणले ढिलाइ भएको बैठकमा जानकारी दिए । थापाले भने, ‘यसपटक पार्टीले डिजिटल प्रणाली प्रयोग गर्दै क्रियाशील सदस्यता व्यवस्थापन गरेको छ ।’
थापाले अहिलेसम्म अहिले २ लाख १७ हजार ९०० नयाँ सदस्यता वितरण भइसकेको जानकारी दिँदै बाँकी पनि छिट्टै प्रणालीमा प्रविष्ट गर्ने जानकारी दिए ।
उनले हरेक वडामा जातीय, लैङ्गिक र उमेरगत सन्तुलनका आधारमा सदस्यता वितरण गर्न निर्देशन दिइएको जानकारी दिए । ‘अब वडाको मतदाता संरचना अनुसार महिला, युवा, समुदायगत सन्तुलन मिलाएर सदस्यता दिनुपर्छ,’ थापाले बैठकमा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तपाईँ प्रधानमन्त्री बन्ने हल्ला छ नी भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
-
भारत भ्रमण सकेर स्वदेश फर्किएका रवि लामिछानेले के भने ?
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण