कोशी प्रदेश सभा बैठक फलफूल तथा तरकारी थोक बजार केन्द्रबाट सञ्चालन हुने
काठमाडौँ । कोशी प्रदेश सभाको बैठक मोरङको कटहरी गाउँपालिका वडा नम्बर १ स्थित फलफूल तथा तरकारी थोक बजार केन्द्रबाट सञ्चालन हुने भएको छ ।
जेनजी आन्दोलनका क्रममा आगजनीबाट कोशी प्रदेश सभा भवन ध्वस्त भएपछि फलफूल तथा तरकारी थोक बजार केन्द्रको भवनबाट प्रदेश सभा बैठक सञ्चालन गर्ने तयारी गरिएको हो ।
बैठकका लागि स्थान अभाव भइरहेकै बेला कटहरी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेको फलफूल तथा तरकारी थोक बजारको एक भवन र एउटा हल प्रदेश सरकारलाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष देवराज चौधरीले जानकारी दिए ।
अध्यक्ष चौधरीले भवन र हल हस्तान्तरणसँगै सरसफाइ तथा कार्यालय निर्माणको काम सुरु भइसकेको बताए ।
उनले केन्द्रमा रहेका सामानहरूको सुरक्षा भने हुनुपर्ने बताए । तत्कालका लागि सभामुख, उपसभामुख र सचिवालयको कार्यालय स्थापना गरिने कोशी प्रदेश सभा सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार हाल निर्माण कार्य तीव्र रूपमा भइरहेको र हल निर्माण सम्पन्न भएपछि प्रदेश सभा बैठकसहितका सम्पूर्ण गतिविधि नियमित रूपमा सञ्चालन गरिने तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण