आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

सोफा किन्दा १० जनाले पाए थाइल्यान्ड भ्रमणको अवसर

मङ्गलबार, १८ कात्तिक २०८२, २१ : ४०
मङ्गलबार, १८ कात्तिक २०८२

काठमाडौँ । सोफा तथा फर्निचर उत्पादक कम्पनी 'सोफा हब काठमाडौँ'ले ल्याएको 'दसैँ तिहार झड्का' अफरको विजेता घोषणा गरेको छ । 

मंगलबार भक्तपुरमा आयोजित एक समारोहका बिच कम्पनीले लाइभ 'लक्की ड्र'मार्फत थाइल्यान्ड भ्रमणको अवसर पाउने १० जना विजेताको घोषणा गरेको हो । 

जसअनुसार लक्ष्मी नेपाली, अर्जुन जोशी, विनोद लोध, प्रतीक्षा विक, कुशुम कला गणेश, बिनोद गुरुङ, जमुना केसी, गोमा लामिछाने, टम बहादुर सुनार र माधव प्रसाद दुलालले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेको सोफा हबका सीईओ तारालाल धरेलले जानकारी दिए । 

कम्पनीले नेपालीहरूको महान् चाड दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुसी साट्न सोफा वा अन्य फर्निचरका सामान खरिद गर्ने ग्राहक मध्ये १० जना भाग्यशालीले निःशुल्क थाइल्यान्ड भ्रमण उपहार योजना ल्याएको थियो । 

उक्त अवसरमा सीईओ धरेलले योजनामा सहभागीहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै १० जना विजेताहरूलाई बधाई ज्ञापन गरे । साथै उनले आगामी दिनहरूमा पनि सोफा हब काठमाडौँले विभिन्न सुविधासहितको योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता समेत व्यक्त गरे ।

स्थापना कालदेखि नै कम्पनीले गुणस्तरीय  र आधुनिक डिजाइनका फर्निचरहरू सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको जनाएको छ । नेपालभर कम्पनीको  १० वटा शाखा सञ्चालनमा रहेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप