बेवास्तामा रानीमहल, भित्तामा लेउ, प्राङ्गणमा फोहोर (तस्बिरहरू)
सारांश
- पाल्पाको रानीमहलमा रङ उडेर लेउ लाग्न थालेको छ, तानसेन नगरपालिकाको बेवास्ताका कारण सरसफाइ हुन सकेको छैन।
- स्थानीयले रानीमहलमा फोहोर, पर्यटकको गुनासो र प्रहरीले कपडा सुकाएको भन्दै गुनासो गरेका छन्।
- ऐतिहासिक रानीमहलको व्यवस्थापन तानसेन नगरपालिकाले गर्दै आएको छ, र रंगरोगनमा ढिलाइ भएको छ।
काठमाडौँ । पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहलमा लगाएको रङ्ग उडेर भित्तामा लेउ लाग्न थालेको छ । रानीमहलको व्यवस्थापनमा तानसेन नगरपालिकाले बेवास्ता गर्दा यहाँको सरसफाइ भएको छैन भने भवनको रङ्गरोगन उडेको छ ।
तानसेन नगरपालिकाले प्रवेश शुल्क उठाउने गर्छ भने पार्किङ शुल्क बगनासकाली गाउँपालिकाले उठाउँदै आएको छ । तानसेन नगरपालिकाले गत साउनदेखि कार्तिक १२ गतेसम्म १३ लाख ७० हजार ३ सय राजस्व सङ्कलन गरेको छ ।
_wGEShcFChU.jpg)
घुम्न जाने पर्यटक रानीमहल भित्रै बसेको, प्रहरीले कपडा सुकाएर अशोभनीय कार्य गरेको, फोहोर सफा नगरेको गुनासो स्थानीयले गरेका छन् ।
२०७५ साउनमा पुरातत्त्व विभागले १० वर्षका लागि तानसेन नगरपालिकालाई रानीमहल हस्तान्तरण गरेको छ । दैनिक कम्तीमा ३ सय पर्यटकले रानीमहलको अवलोकन गर्ने गरेको तानसेन नगरपालिकाले जनाएको छ ।
_syiOJZry4b.jpg)
वर्षायामपछि रानीमहलमा कालो धब्बा देखिँदै आएको तर विभिन्न प्रक्रिया पूरा गर्नुपर्ने भएकाले रंगरोगन गर्न ढिलाइ भएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए । वि.सं.१९५० मा निर्माण सुरु भएर १९५४ मा निर्माण कार्य सम्पन्न भएको ऐतिहासिक तथा पुरातात्त्विक महत्वको रानीमहललाई प्रेमका प्रतिकका रूपमा चिनिन्छ । तत्कालीन जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकीको तटमा युनानी शैलीमा रानीमहल दरबार निर्माण गरेका हुन् । तस्बिर : मनिष अर्याल, नेपाल फोटो लाइब्रेरी
_Q8x8s6WFw2.jpg)
_jcnvgLjyoq.jpg)
_IsU5jp7XoL.jpg)
_pI8dvx1XgX.jpg)
_TkgQ3AcrOz.jpg)
_nTQK9YOCe6.jpg)
_2EvAm5p8dj.jpg)
_pzFHGdIMmb.jpg)
_ZDk3mYBirE.jpg)
_ph45FkhZyz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण