एलिनाको स्वर रहेको गीत ‘धोका माथि धोका’ सार्वजनिक
बुधबार, १९ कात्तिक २०८२, ११ : ४३
सारांश
- गीतकार भूपेन्द्र बुढाथोकीको शब्द र प्रमोद खरेलको स्वर रहेको ‘धोका माथि धोका’ को फिमेल भर्सन सार्वजनिक भयो।
- चर्चित गायिका एलिना चौहानले गाएको गीतमा सुनिल बिसीको सङ्गीत र विशाल निरौलाको सङ्गीत संयोजन छ।
- भिडियोमा एलिना चौहानको अभिनय र विक्रम चौहानको निर्देशन रहेको छ, जसमा धोकाको कथा देखाइएको छ।
काठमाडौँ । गीतकार भूपेन्द्र बुढाथोकीको शब्द र प्रमोद खरेलको स्वर रहेको चर्चित गीत ‘धोका माथि धोका’ को फिमेल भर्सन आएको छ । गीतको फिमेल भर्सन चर्चित गायिका एलिना चौहानले गाएकी छन् ।
सुनिल बिसीको सङ्गीत रहेको गीतमा विशाल निरौलाको सङ्गीत संयोजन छ । गीतले धेरै माया गरेका व्यक्तिले धोका दिएर एक्लै पारेको बिलौना गरिएको छ । गीत एलिनाको रियल जीवनसँग मेल खाने भएकोले नै उनको स्वरमा ल्याइएको हो ।
गीतको भिडियोमा पनि एलिना नै देखिएकी छन् । प्रकाश केसीको छायाङ्कन र लक्ष्मण चौहानको सम्पादन रहेको भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण