नेप्से परिसूचक बढ्याे, कारोबार रकम घट्यो
काठमाडौँ । दुई दिन निरन्तर ओरालो लागेको सेयर बजार मापक नेप्से परिसूचक सामान्य अङ्कले वृद्धि भएको छ । अघिल्ला दुई कारोबारमा निरन्तर घटेको नेप्से परिसूचक बुधबार १२.१७ अङ्क बढेर २६०७.४२ विन्दुमा पुगेको छ ।
त्यस्तै नेप्सेको सेन्सेटिभ इण्डेक्स १.१४ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ०.९० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४५ अङ्कले बढेको छ ।
आज कारोबारमा आएका ३१२ कम्पनीको ९२ लाख १८ हजार कित्ता सेयर ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको छ ।
तर मङ्गलबारको तुलनामा बुधवार कारोबार रकम भने घटेको छ । मङ्गलबार ५ अर्ब १५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको थियो ।
नेप्सेका १३ उपसमूहमध्ये बुधवार ११ उपसमूहको परिसूचक बढेको छ । तर २ उपसमूहको परिसूचक घटेको छ ।
जसमा वित्त उपसमूहको परिसूचक ३.४१ प्रतिशत बढेको छ । होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको छ ।
त्यस्तै आज कारोबारमा आएको माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
त्यस्तै उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । तर यता फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.४८ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर कम्पनीको ३८ करोड ६१ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण